सातै प्रदेशमा मुक्तिनाथ विकास बैंकले सम्पन्न गर्यो बृहत् वित्तीय साक्षरता कार्यक्रम

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यही फागुनमा सातै प्रदेशका विभिन्न स्थानका जनसमुदाय माझ बृहत् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम विशेष गरी कृषक, उद्यमी, महिला तथा युवालाई लक्षित गरी आयोजना भएको थियो ।
यस कार्यक्रमअन्तर्गत व्यावसायिक योजनाको तयारी, बजारीकरणको सम्भावना, बजार व्यवस्थापनका रणनीति, व्यक्तिगत बजेट, पारिवारिक बजेट, आम्दानी खर्चको सन्तुलन, नगद प्रवाह, बचत परिचालन, कर्जा परिचालन, बीमा, विप्रेषण, डिजिटल बैंकिङ सेवाहरू, डिजिटल माध्यमबाट हुन सक्ने रकम अपचलन, ग्राहकको अधिकारलगायतका विषयवस्तुहरू समेटिएका थिए ।
बृहत् वित्तीय साक्षरता कार्यक्रममा उपस्थित व्यक्तिहरूले यस्ता किसिमका कार्यक्रमले आफूमा भएका दुविधाहरू हट्ने र भविष्यमा आइपर्ने जोखिमहरूलाई समयमै व्यवस्थापन गर्न सहजीकरण हुने आशय व्यक्त गरेका थिए ।
बैंकले आर्थिक सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै यस किसिमका कार्यक्रमहरू विगतमा पनि सञ्चालन गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने बैंकले जनाएको छ । त्यस्तै, यस किसिमको कार्यक्रमले जनमानसको बैंक वित्तीय संस्था प्रतिको नकारात्मक धारण हट्ने र वास्तविक सूचना जनसमुदायमाझ पुग्ने भएकाले सर्वसाधारणमा यसको सकारात्मक प्रभाव पर्नेे बैंकको धारणा छ ।
















अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा
आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया