तीनकुने घटनामा संलग्न थप २४ जना पक्राउ
मेरोन्यूज
२०८१ चैत १८ गते १६:१०

काठमाडौं । काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जना पक्राउ परेका छन् ।
१५ चैतमा तीनकुनेमा राजावादीहरूले गरेको हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उनीहरूलाई काठमाडौंमा विभिन्न स्थानबाट पक्राउ गरिएको बोहराले बताए । तीनकुने घटनामा संलग्न रहेको आरोपमा यसअघि राप्रपाका महामन्त्री धवलशमशेर राणा, उपाध्यक्ष रवीन्द्र मिश्रसहित ४१ जना पक्राउ परेका थिए । अदालतबाट म्याद थप गरेर पक्राउ परेकाहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया