आजवाट काठमाडौं शिक्षक महासंघ पुनः सडक आन्दोलनमा

काठमाडौं । नेपाल शिक्षक महासंघले आज देखी काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन गर्ने भएको छ।
गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौँ जाऔँ अभियान’ सहित अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन बुधवार देखी गर्न लागेको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथासिघ्र ऐन जारी गर्न माग सहित आन्दोलन जारी राख्ने बताए ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीको भनाइ छ ।
आन्दोलनमा देशभरका अधिकांस शिक्षक कर्मचारी सहभागी हुने उनको दावी रहेको छ ।
हाल काठमाडौँ रहेका र आजसम्ममा आउन लागेका आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने चेतावनी पनि उनले दिए।










भारतमा ७ बस ठोक्किए : चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते
पाँच महिनामा ८ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो
मकवानपुरमा रुखबाट लडेर एकजनाको मृत्यु
बिबिसीविरुद्ध ट्रम्पले दायर गरे मुद्दा, १० अर्ब डलर क्षतिपूर्ति माग
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया