काठमाडौँ विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच सम्झौता

बैंकक । काठमाडौँ विश्वविद्यालय र थाइल्याण्डको सियाम विश्वविद्यालयबीच नेपालमा हिमनदी विज्ञान (ग्ल्यासियोलोजी) लगायतका विषयमा उच्चशिक्षा अध्ययनका लागि थाइल्याण्डका विद्यार्थीहरू वृद्धि गर्ने विषयको सहमतिपत्रमा हस्ताक्षर भएको छ।
थाइल्याण्डको पहिलो औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी पे थोङ् थान् शिनावात्राबीचको दुईपक्षीय भेटवार्तापछि उनीहरूको उपस्थितिमा भएको सहमतिपत्रमा हस्ताक्षर समारोहमा उक्त सहमतिपत्र आदानप्रदान गरिएको छ।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्ले र सियाम विश्वविद्यालयका अध्यक्ष प्रोच्याइ मोङ्कोन्भनितबीच हस्ताक्षर भएको हो।
उपकुलपति डा. वाग्लेका अनुसार सहमतिपछि नेपालमा थाइल्याण्डबाट हिमनदी विज्ञान (ग्ल्यासियोलोजी), परम्परागत वास्तुकला (टे«डिसनल आर्किटेक्ट) र वातावरणीय विज्ञान (इन्भाइरोनमेन्ट साइन्स) विषयमा थाइल्याण्डबाट विद्यार्थी आउने सहज वातावरण बनेको छ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया