ट्रम्पले लगाए युरोपेली संघ, चीन र भारत माथी सबैभन्दा बढ कर (सुचीसहित)

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक समारोहमार्फत ‘पारस्परिक कर’को घोषणा गरेका छन् ।
यस घोषणाले संयुक्त राज्य अमेरिकालाई सफल बनाउन सहयोगी हुने ट्रम्पकाे तर्क रहेको छ। तर, ट्रम्पको ट्यारिफ, जुन उनले कार्यकारी आदेश मार्फत लगाएका छन, त्यसले विश्वभर आर्थिक झटका भने लगाएको छ। विश्वभरीवाट प्रतिक्रिया अाउने क्रम सुरू भएकाे छ।
किनभने, ह्वाइट हाउसले लगभग १०० देशहरूको सूची जारी गरेको छ, जस माथी अमेरिकाले लगाउने ‘ट्यारिफ दर’हरू उल्लेख गरिएको छ ।
१० प्रतिशत आधारभूत ट्यारिफ
ट्रम्पले राष्ट्रपतिले सबै देशहरूमा आधारभूत शुल्कहरू लगाएका छन् । त्यो दर १० प्रतिशकाे हुनेछ, जुन ५ अप्रिलबाट लागु हुने जनाइएकाे छ। उनले १० प्रतिशत कर लगाएका केही देशकाे सुची यस्ताे छ ।
१. युनाइटेड किंगडम
२. सिङ्गापुर
३. ब्राजिल
४. अस्ट्रेलिया
५. न्युजिल्याण्ड
६. टर्की
७. कोलम्बिया
८. अर्जेन्टिना
९. एल साल्भाडोर
१०. संयुक्त अरब इमिरेट्स
११. साउदी अरेबिया
उच्च दरकाे कर लागेका देशहरू
ह्वाइट हाउसका अधिकारीहरूले यो पनि भने कि उनीहरूले ३ अप्रिलबाट लागू हुने लगभग ६० वटामा विशिष्ट पारस्परिक ट्यारिफहरू लगाइएको छ । उनका अनुसार यी देशहरूले अमेरिकी सामानहरूमा उच्च शुल्क लगाउँदै आएका छन्, जसकाे बदलामा अमेरिकाले पनि उच्च दरकाे कर लगाउने निर्णय गरेकाे हाे ।
१. यूरोपीय संघः २० %
२. चीन: ५४ %
३. भियतनाम: ४६ %
४. थाइल्याण्ड: ३६ %
५. जापान: २४ %
६. कम्बोडिया: ४९ %
७. दक्षिण अफ्रिकाः ३० %
८. ताइवान: ३२ %
९. भारत: २६ %
क्यानाडा र मेक्सिकोमा कुनै अतिरिक्त शुल्कहरू छैनन् किनभने क्यानाडा र मेक्सिको यी नयाँ ट्यारिफ घोषणाहरूमा उल्लेख गरिएको छैन।
ह्वाइट हाउसले भन्यो कि उनीहरूले अघिल्लो कार्यकारी आदेशहरूमा सेट गरिएको रूपरेखा प्रयोग गरेर दुबै देशहरूसँग सम्झौता गर्नेछन्, जसले क्यानाडा र मेक्सिकोमा फेन्टानिल र सीमा समस्याहरू सम्बोधन गर्ने प्रशासनको प्रयासको रूपमा ट्यारिफहरू लगाएको थियो।
















उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
बाँकेका १२ सामुदायिक वनमा डढेलो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया