ट्रम्पले लगाए युरोपेली संघ, चीन र भारत माथी सबैभन्दा बढ कर (सुचीसहित)

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक समारोहमार्फत ‘पारस्परिक कर’को घोषणा गरेका छन् ।
यस घोषणाले संयुक्त राज्य अमेरिकालाई सफल बनाउन सहयोगी हुने ट्रम्पकाे तर्क रहेको छ। तर, ट्रम्पको ट्यारिफ, जुन उनले कार्यकारी आदेश मार्फत लगाएका छन, त्यसले विश्वभर आर्थिक झटका भने लगाएको छ। विश्वभरीवाट प्रतिक्रिया अाउने क्रम सुरू भएकाे छ।
किनभने, ह्वाइट हाउसले लगभग १०० देशहरूको सूची जारी गरेको छ, जस माथी अमेरिकाले लगाउने ‘ट्यारिफ दर’हरू उल्लेख गरिएको छ ।
१० प्रतिशत आधारभूत ट्यारिफ
ट्रम्पले राष्ट्रपतिले सबै देशहरूमा आधारभूत शुल्कहरू लगाएका छन् । त्यो दर १० प्रतिशकाे हुनेछ, जुन ५ अप्रिलबाट लागु हुने जनाइएकाे छ। उनले १० प्रतिशत कर लगाएका केही देशकाे सुची यस्ताे छ ।
१. युनाइटेड किंगडम
२. सिङ्गापुर
३. ब्राजिल
४. अस्ट्रेलिया
५. न्युजिल्याण्ड
६. टर्की
७. कोलम्बिया
८. अर्जेन्टिना
९. एल साल्भाडोर
१०. संयुक्त अरब इमिरेट्स
११. साउदी अरेबिया
उच्च दरकाे कर लागेका देशहरू
ह्वाइट हाउसका अधिकारीहरूले यो पनि भने कि उनीहरूले ३ अप्रिलबाट लागू हुने लगभग ६० वटामा विशिष्ट पारस्परिक ट्यारिफहरू लगाइएको छ । उनका अनुसार यी देशहरूले अमेरिकी सामानहरूमा उच्च शुल्क लगाउँदै आएका छन्, जसकाे बदलामा अमेरिकाले पनि उच्च दरकाे कर लगाउने निर्णय गरेकाे हाे ।
१. यूरोपीय संघः २० %
२. चीन: ५४ %
३. भियतनाम: ४६ %
४. थाइल्याण्ड: ३६ %
५. जापान: २४ %
६. कम्बोडिया: ४९ %
७. दक्षिण अफ्रिकाः ३० %
८. ताइवान: ३२ %
९. भारत: २६ %
क्यानाडा र मेक्सिकोमा कुनै अतिरिक्त शुल्कहरू छैनन् किनभने क्यानाडा र मेक्सिको यी नयाँ ट्यारिफ घोषणाहरूमा उल्लेख गरिएको छैन।
ह्वाइट हाउसले भन्यो कि उनीहरूले अघिल्लो कार्यकारी आदेशहरूमा सेट गरिएको रूपरेखा प्रयोग गरेर दुबै देशहरूसँग सम्झौता गर्नेछन्, जसले क्यानाडा र मेक्सिकोमा फेन्टानिल र सीमा समस्याहरू सम्बोधन गर्ने प्रशासनको प्रयासको रूपमा ट्यारिफहरू लगाएको थियो।











लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
तनहुँमा ५९ हजार कुखुराको बिमा
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया