बिमस्टेकमा हस्ताक्षर समारोह सुरू

काठमाडौं । थाइल्याण्डमा जारी बिमस्टेक सम्मेलनमा हस्ताक्षर समारोह सुरू भएको छ ।
जसअनुसार बैंककमा बिमस्टेक शिखर सम्मेलनको क्रममा सामुद्रिक यातायात सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । याे पहिलाे हस्ताक्षर समाराेह हाे, जहाँ नेपालका पराराष्ट्र मन्त्री अारजु राणाले हस्ताक्षर गरेकी छिन् । उनले नेपालकाे तर्फवाट समृद्ध, लचिलो र खुला बिमस्टेकलाई साकार पार्न बलियो राजनीतिक इच्छाशक्तिको आवश्यकतामा जोड दिँदै क्षेत्रीय सहयोगप्रति नेपालको प्रतिबद्धता जनाएकी छिन् ।
नेपाल संस्कृति, पर्यटन र गरिबी निवारणमा क्षेत्रीय सहयोग अभिवृद्धि गर्न प्रतिबद्ध रहेकाे पनि उनले उल्लेख गरेकी छिन् । उनका अनुसार जलवायु परिवर्तन र विपद् पूर्वतयारीमा थप सहयोगका लागि आह्वान गरिएको छ । विपद् व्यवस्थापनमा बिमस्टेक उत्कृष्टता केन्द्र स्थापना गर्न भारतको पहललाई स्वागत गरेकी छिन भने लचिलो पूर्वाधार र एआई संचालित समाधानहरूको आवश्यकतामा जोड दिइएकाे छ ।










आजको विदेशी मुद्राको विनिमयदर : डलर र युराे बढ्याे
तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया