पश्चिम नवलपरासीमा व्यावसायिक च्याउखेतीमा किसानको आकर्षण

नवलपरासी । पश्चिम नवलपरासीमा च्याउखेतीमा किसानको आकर्षण बढन थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रूपमा खेती सुरु गरेका किसानले अहिले व्यावसायिक उत्पादन गर्न थालेका हुन् ।
वैदेशिक रोजगारमा जानु भन्दा स्वदेशमा केही गर्नुपर्छ भन्ने उद्देश्य बोकेर ‘जय माँ दुर्गे बहुउद्देशीय कृषि फार्म’ दर्ता गरेर पाल्हीनन्दन गाउँपालिका–३ का ४५ वर्षीय तारेन्द्र बर्माले व्यावसायिक रूपमा च्याउखेती गर्न थालेका हुन् ।
कुश्मा सेवा केन्द्रमा च्याउखेतीसम्बन्धी तालिम लिएर १० वर्षदेखि आर्गनिक खेती गर्दै आएको बर्माले बताए । करिब २ लाख लागतमा एककठ्ठा जग्गामा २ हजार ५ सय सय प्लाष्टिकका थैलामा च्याउ उमारिएको बताउँदै सुरुका वर्ष खेतीसम्बन्धी आफूलाई ज्ञान नभएकाले केही नोक्सानी भएको उनले अनुभव सुनाए ।
“जाडोमा उत्पादन बढेसँगै बजार मूल्य घट्छ, गर्मीको समयमा तापक्रम बढेसँगै च्याउ उत्पादन घटछ । यसवर्ष उत्पादन र बजारीकरणमा कुनै समस्या आएन भने ५ लाख बराबरको च्याउ बिक्री गर्ने लक्ष्य छ”, उनले भने ।
आज कृषि विकास निर्देशनालय बुटवलका बागवानी निर्देशक सन्देश धिताल, कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख रवीन्द्रनाथ चौबेलगायत कर्मचारीले बर्माले उत्पादन गरेको च्याउ फार्र्मको अवलोकन गरेका छन् ।
जिल्लामा २५ जना किसानले व्यावसायिक रूपमा च्याउखेती गरिरहेका कृषि ज्ञान केन्द्रका प्रमुख चौबेले जानकारी दिए । केन्द्रले किसानको सहजताका लागि समन्वय र सहकार्य गरिरहेको उनको भनाइ छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया