पश्चिम नवलपरासीमा व्यावसायिक च्याउखेतीमा किसानको आकर्षण

नवलपरासी । पश्चिम नवलपरासीमा च्याउखेतीमा किसानको आकर्षण बढन थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रूपमा खेती सुरु गरेका किसानले अहिले व्यावसायिक उत्पादन गर्न थालेका हुन् ।
वैदेशिक रोजगारमा जानु भन्दा स्वदेशमा केही गर्नुपर्छ भन्ने उद्देश्य बोकेर ‘जय माँ दुर्गे बहुउद्देशीय कृषि फार्म’ दर्ता गरेर पाल्हीनन्दन गाउँपालिका–३ का ४५ वर्षीय तारेन्द्र बर्माले व्यावसायिक रूपमा च्याउखेती गर्न थालेका हुन् ।
कुश्मा सेवा केन्द्रमा च्याउखेतीसम्बन्धी तालिम लिएर १० वर्षदेखि आर्गनिक खेती गर्दै आएको बर्माले बताए । करिब २ लाख लागतमा एककठ्ठा जग्गामा २ हजार ५ सय सय प्लाष्टिकका थैलामा च्याउ उमारिएको बताउँदै सुरुका वर्ष खेतीसम्बन्धी आफूलाई ज्ञान नभएकाले केही नोक्सानी भएको उनले अनुभव सुनाए ।
“जाडोमा उत्पादन बढेसँगै बजार मूल्य घट्छ, गर्मीको समयमा तापक्रम बढेसँगै च्याउ उत्पादन घटछ । यसवर्ष उत्पादन र बजारीकरणमा कुनै समस्या आएन भने ५ लाख बराबरको च्याउ बिक्री गर्ने लक्ष्य छ”, उनले भने ।
आज कृषि विकास निर्देशनालय बुटवलका बागवानी निर्देशक सन्देश धिताल, कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख रवीन्द्रनाथ चौबेलगायत कर्मचारीले बर्माले उत्पादन गरेको च्याउ फार्र्मको अवलोकन गरेका छन् ।
जिल्लामा २५ जना किसानले व्यावसायिक रूपमा च्याउखेती गरिरहेका कृषि ज्ञान केन्द्रका प्रमुख चौबेले जानकारी दिए । केन्द्रले किसानको सहजताका लागि समन्वय र सहकार्य गरिरहेको उनको भनाइ छ ।










मकवानपुरमा रुखबाट लडेर एकजनाको मृत्यु
बिबिसीविरुद्ध ट्रम्पले दायर गरे मुद्दा, १० अर्ब डलर क्षतिपूर्ति माग
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया