पहिलो खेलमा अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौं । अफगानिस्तानसँग नेपाल पराजित भएको छ ।
नेपाली युवा टोलीले एकदिवसीय शृंखलाको पहिलो खेलमा अफगानिस्तान यु–१९ टोलीसँग १३० रनले पराजय भएको हो । यस जितसँगै अफगानिस्तानले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।
बिहीबार मुलपानी किकेट मैदानमा अफगानिस्तानले प्रस्तुत गरेको ३०१ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७० रन मात्र बनाउन सफल भएको थियो ।
नेपालका लागि निरजकुमार यादवले ६१ बलमा ४ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरेका थिए भने सन्तोष यादव र अशोक धामीले समान २४, अभिषेक तिवारीले १७, कप्तान नरेन भट्टले १३ र सिब्रिन श्रेष्ठले ११ रनमात्रै बनाउन सफल भए।
अफगानिस्तका लागि वाहिदउल्लाह जाद्रन, जियातउल्लाह शहिन र कप्तान महबुब खानले समान दुई तथा अब्दुल अजिज खान र नोरिस्तानी ओमरजाईले समान एक विकेट लिएर नेपाललाइ पहिलो खेलमा पराजित गरे ।
त्यस अघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभमा ९ विकेट गुमाउँदै ३०० रनको योगफल तयार पारेको थियो ।


















स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको लहर कुजीमा ठोक्कियो
‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया