एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले तीनकुनेमा भएको प्रदर्शनका क्रममा आफ्नो पार्टीमा गरिएको तोडफोड तथा आगजनीको छानबिनको माग गर्दै यही चैत २५ गते देशभर विरोध प्रदर्शन एवं सभा गर्ने भएको छ । पार्टीले घटनाको निष्पक्ष छानबिन गरी त्यसमा संलग्न दोषीलाई कानुनी कारबाहीका निम्ति दबाब दिने उद्देश्यले विरोध प्रदर्शन एवं सभा गर्न लागेको हो ।
पार्टी मातहतका कमिटीले देशभरका पालिका, वडा तह, प्रदेश, क्षेत्रमा विरोध प्रदर्शन गर्ने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।
उक्त घटनाबाट पार्टीमा पुगेको क्षति विवरण संकलन गर्न केन्द्रीय उपमहासचिव रामकुमार भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रम, अन्तर्राष्ट्रिय परिस्थितिबारे जनतालाई सुसूचित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति मुलुकमा सुशासन, रोजगारी, समृद्धिलगायत विषयमा देशभर राजनीतिक सभा गर्ने कार्यसूची छ ।
पार्टीले संगठन सुदृढीकरणका निम्ति जनताको आर्थिक तथा सामाजिक न्यायको अवस्था अध्ययन गरी उनीहरूको गरिबी निवारण, सुशासन, जनजीविकाकेन्द्रित आन्दोलनका कार्यक्रम बनाएको छ । मुलुकमा राजनीतिक आडमा भएका विकृतिबारे भन्डाफोरबाट प्रस्ट पारिने जनाइएको छ ।
सम्बन्धित कमिटीले सरोकारवाला पक्षसँग सार्वजनिक रूपमा छलफल गरी उनीहरूको सुझाव, सल्लाह लिएर पार्टीले अवलम्बन गरेको समाजवादी कार्यक्रमलाई परिमार्जन गरिने जनाइएको छ ।
राजनीतिक स्थिरताका निम्ति निर्वाचन प्रणाली सुधार गर्ने, जनताको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि समाजवादी कार्यक्रम कार्यान्वयन गर्ने विषयमा जनस्तरबाट आएका सुझाव समावेश गरिनेछ । पार्टीले यही चैत २ देखि आउँदो वैशाख २२ गतेसम्म सञ्चालन गरेको अभियान जारी छ ।















Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
प्रतिक्रिया