शिक्षक आन्दोलनले एसईई नतिजामा ढिलाइ हुने
मेरोन्यूज
२०८१ चैत २३ गते १२:०८

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा तयारीमा ढिलाइ हुने भएको छ ।
नेपाल शिक्षक महासंघले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरेसँगै एसईईकाे नतिजा तयारीमा थप ढिलाइ हुने भएको हो ।
महासंघले देशभरका सबै विद्यालय बन्द गरेर काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ ।
यो अवधिमा एसईईका उत्तर पुस्तिका परीक्षणसमेत नहुने भएको छ । जसका कारण एसईईको परीक्षाफल प्रकाशनमा ढिलाइ हुने भएको छ ।
२०८१ साल चैत्र ०७ गते देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षामा देशभरबाट नियमित तर्फ ४३१४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा चार लाख ९९ हजार १८३ विद्यार्थीहरू सहभागी छन्।
शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन माग गर्दै देशभरका शिक्षकहरु चार दिनदेखि राजधानीमा आन्दोलन गरिरहेका छन्।
सम्बन्धित
















कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया