सरकार गठनका बेला गरिएका प्रतिबद्धता कार्यान्वयन गरिनुपर्छः नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला प्रमुख दुई दलबीच संविधान संशोधनलगायत विषयमा भएका सहमति कार्यान्वन गरिनुपर्ने बताएका छन् ।
लेखक सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तकको लोकार्पण गर्दै उनले सहमति कार्यान्वयन गर्दै कमजोर रहेको देशको आर्थिक अवस्था सुधार गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
नेता कोइरालाले भने, ‘सहमतिमा संविधान संशोधनसँगै सुशासन प्रबर्द्धन र भ्रष्टाचार न्यूनीकरण गर्ने घोषणा गरिएकोमा नौ महिनासम्म आइपुग्दा त्यसको औचित्य पुष्टि गर्न सकिएको छैन । त्यसका लागि नेता र नेतृत्वमा इच्छाशक्ति हुनुपर्छ, अनि मात्र जनताको सेवामार्फत देश बनाउन सकिन्छ ।’
नेपाललाई विकास र समृद्धिमा लैजान हरित ऊर्जा, कृषि र प्रविधिको विकास तथा विस्तारसँगै भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन तथा दण्डहीनता अन्त्य गरिनुपर्ने भन्दै उनले कानुन कार्यान्वयन संयन्त्रमा हाम्रा नभई राम्रा व्यक्ति छनोट गर्नुपर्नेमा जोड दिए ।
अर्को एक प्रसङ्गमा नेता कोइरालाले नेपालगञ्जमा जननेता बिपी कोइरालाको शालिकमा हिजो कालोमोसो दलिएको घटनाले कांग्रेसीजनको मनमा केही असर परे पनि प्रजातन्त्रमा विश्वास गर्ने कोही पनि विचलित भने नहुने विचार व्यक्त गरे ।
उनले भने, ‘कालोमोसो दल्दैमा बिपी कालो हुने होइनन्, उहाँलाई नेपाली कांग्रेसले मात्र नभई सबै नेपालीले राजनेता मानेका छन् । त्यो घटनाले पक्कै पनि हामीहरूको मनमा केही असर गर्छ, त्यो स्वभाविक हो तर त्यस्ता घटनाबाट प्रजातन्त्रमा विश्वास गर्ने कोही विचलित हुनहुन्न ।’
पुस्तकका श्रष्टा डा कर्माचार्यले राजनीति ठूलो दर्शन भए पनि नेपालमा हाल भइरहेका अभ्यास, राज्यबाट नागरिकका लागि प्रवाह भइरहेका स्वास्थ्यलगायत अत्यावश्यक सेवासुविधा र तिनको प्रप्तिमा रहेको झण्झटिला प्रक्रियाले आफूलाई पुस्तक लेख्न खुराक प्रदान गरेको बताए ।
‘नेपालको राजनीति मात्र होइन, सामाजिक र स्वास्थ्य सेवामा समेत सुधारको खाँचो रहेको बताउँदै राजनीति आफैँमा समाजसेवाको दर्शन हो तर अभ्यासमा त्यस्तो नदेखिएको बताए ।
पुस्तक अध्ययनपछि भने खुसी समाज, समृद्ध परिवार, असल नागरिक र शान्त नेपाल निर्माणको यात्रामा सबै नागरिक जुट्न प्रेरणा प्राप्त हुनेछ उनको भनाई थियो ।
पुस्तकको समीक्षा गर्दै समालोचक प्रमोद प्रधानले कात्रोमा खल्ती हुन्न भन्ने पुर्खाको बुझाइ रहेकामा पुस्तकको शीर्षक र समेटिएका विषयवस्तुले समसामयिक राजनीति, आर्थिक चलखेल, समाजमा विद्यमान विकृति र विसङ्गतिको पर्दाफास गरेको धारणा राखे ।

















प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो
Price of gold and silver declines in domestic market
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया