जनमत र नागरिक उन्मुक्ति एकतामा जुट्यो सहमति, रेशम संरक्षक, सीकेलाई कार्यकारी अध्यक्ष
मेरोन्यूज
२०८१ चैत २३ गते १९:५२

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकतापछि हुने पदमा सहमति जुटेको छ।
आइतार बर्दियाको मधुवनमा बसेको संयुक्त एकता कार्यदलको बैठकले एकतापछिको पार्टीको नाम र चुनाव चिह्न र पदाधिकारीमा सहमति गरेको हो।
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पार्टी एकतापछि पार्टीको संरक्षक रेशम चौधरी, कार्यकारी अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठलाई तेस्रो वरीयता दिने बताए।
एकतापछिको पार्टीको नाम नागरिक जनमत पार्टी राख्ने पनि सहमति भएको जनाइएको छ। त्यस्तै चुनाव चिह्न ढकिया रहने र पार्टीको झण्डा कलेजी रङगमा ढकिया रहने सहमति कार्यदलमा भएको छ।
प्रतिनिधि सभामा जनमत पार्टीका ६ सांसद छन्। यस्तै, नाउपाका ४ जना छन्।
सम्बन्धित










प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा
जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन
मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया