वनबाट पतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार दिइने

गोरखा । देशैभर वन जङ्गलमा डढेलो लागिरहेका घटना सार्वजनिक भइरहेका बेला गोरखाको भीमसेनथापा गाउँपालिकाले भने डढेलो नियन्त्रणका लागि ‘पातपतिङ्गर सङ्कलन’ कार्यक्रम लागू गरेको छ । कार्यक्रमअन्तर्गत पालिकाले पतिङ्गर सङ्कलन गरेबापत नगद पुरस्कार दिने घोषणा गरेको छ ।
पालिकाभित्रका सामुदायिक वनबाट पातपतिङ्गर सङ्कलन गर्नेलाई प्रतिकेजी रु दुईका दरले नगद उपलब्ध गराउने निर्णय भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए ।
उनका अनुसार व्यक्ति तथा समूहले सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति तथा वडा कार्यालयसँग समन्वय गरेर पतिङ्गर सङ्कलन गर्न पाउने छन् । गाउँपालिकाभित्र डढेलो लगाउने कार्य निरुत्साहन तथा वन डढेलो नियन्त्रण गर्ने उद्देश्यसहित कार्यक्रम लागू गरिएको अधिकारीले जानकारी दिए।
“सङ्कलित पातपतिङ्गर प्राङ्गरिक मल बनाउन प्रयोग हुन्छ । त्यसको व्यवस्थापन तथा बिक्री वितरणको जिम्मा भने सम्बन्धित सामुदायिक वन तथा वडा कार्यालयलाई दिइनेछ”, उहाँले भन्नुभयो, “कार्यक्रम नयाँ हो तर यसलाई सबैजनाले सिको गर्न लायक बनाउने लक्ष्य छ ।” पालिकाबाट अनुगमन गरेपछि मात्र पतिङ्गर सङ्कलनबापतको रकम उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।
कार्यक्रमले वन डढेलो नियन्त्रण गर्नुका साथै सामुदायिक वनको आयआर्जन बढाउन पनि सहयोग पुर्याउने विश्वास गरिएको छ । हाल गाउँपालिकाका अधिकांश वनजङ्गलमा धमाधम पतिङ्गर सङ्कलन गर्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया