आइतबार, वैशाख २७, २०८३

भृकुटीमण्डपमा गर्न नदिएपछि राप्रपाकाे सभा अब बल्खुमा हुने

मेरोन्यूज २०८१ चैत २४ गते ११:३६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आमसभा बल्खुमा हुने भएको छ ।
 
आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नु अघि प्रवक्त मोहन श्रेष्ठले यो जानकारी दिएका हुन् ।
 
‘भोलि चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ,’ प्रचार बिभाग प्रमुख श्रेष्ठले भने, ‘प्रशासन  सुरक्षाको कारण देखाउॅदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो ।’
 
उनले अगाडी भने, ‘सरकारको रवैयाबाट बुझौं, हाम्रो आन्दोलनले उचाई लिदैंछ, आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाऔं ।’
 
यता, आजै दिउँसो ३ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा केन्द्रिय कार्यसमितिको बैठक पनि बस्नेछ ।

Advertisement
NiccNicc

राप्रपाले यही २६ चैतमा प्रदर्शन र सभा आयोजना गरे पनि प्रशासनले भृकुटीमण्डपमा राप्रपालाई सभा गर्न नदिने भए पछि बल्खुमा गर्ने निर्णय गरेसँगै सो बैठक बोलाइएको हो ।
 
राप्रपाले माग गरेको भृकुटीमण्डपमा जिल्ला प्रशासन कार्यालयले शिक्षक आन्दोलन र अन्य आन्दोलनको कारण देखाउँदै सभा गर्न नदिने जनाउँदै बल्खु वा सिफलमा गर्न बैकल्पिक स्थान तोके पछि राप्रपाले आकस्मिक रूपमा बैठक बोलाएको हो । 
 
बैठकले स्थानिय प्रशासनले भृकुटीमण्डपमा प्रदर्शन गर्ने अनुमति नदिए पछि अब के गर्ने रु भन्ने बारेमा छलफल गर्ने जनाइएको छ ।
 

प्रतिक्रिया