शिक्षकका माग सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट वार्ता थाल्न कांग्रेसको माग

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक छिटो पास गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघसँग भएका विगतका सम्झौताहरू पूरा गर्न सरकारलाई आग्रह गरेको छ।
शिक्षकहरूको काठमाडौंमा जारी आन्दोलनसँगै कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले शिक्षक महासंघसँग गरेको सम्झौता कार्यान्वयनको ग्यारेन्टी लिनुपर्ने बताएका छन्।
‘उत्पन्न परिस्थितिको दीर्घकालीन निकासका लागि नेपाल शिक्षक महासंघसँग यसअघि भएका सहमति र सम्झौंतालाई आधार मानी आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीघ्र वार्ता, संवादको पहल थाल्न नेपाली कांग्रेस शिक्षा विभाग नेपाल सरकारको ध्यानाकर्षण गर्दछ,’ महरले जारी गरेको विज्ञप्तिमा भनिएको छ। शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन ठप्प हुने अवस्थालाई ख्याल गर्नसमेत विज्ञप्तिमा आग्रह गरिएको छ।
शैक्षिक सुधार तथा शिक्षा ऐन माग गर्दै केही दिन यता देशभरका शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा छन्। उनीहरूले शिक्षा ऐनको प्रत्याभूत नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिँदै आएका छन्। शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन प्रभावित हुँदै आएको छ।















Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
प्रतिक्रिया