काठमाडौं महानगरका कर्मचारीले पाए तलब

काठमाडौं । प्रमुख प्रशासकीय अधिकृतको पुनरागमनसँगै काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब पाएका छन्।महानगरका मेयर बालेन्द्र साह (बालेन) देखि महानगरका सबै जनप्रतिनिधि र कर्मचारीको तलब गएको हाे।
महानगरको कर्मचारीले पाउन बाँकी रहेको तीन महिनादेखि छ महिनासम्मको तलब पाएको महानगरले जनाएको छ ।
महानगरले १ अर्ब १३ करोड रुपैयाँ बराबरको तलब निकासा गरेको छ । जसमा २९ सय व्यक्तिलाई ११३ करोड रुपैयाँ भुक्तानी भएकाे छ ।
काठमाडौं टावरको नक्सा १२ तलाको ठाउँमा १९ तलाको पास गरेको भन्दै मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ३ महिना अघि कारबाही गरेपछि सबैको तलब रोकिएको थियो ।
मेयर बालेनले पटक पटक संघीय सरकारलाई अर्को प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दा समेत पठाएको थिएन । संघीय सरकारले गुरागाईंलाईनै काम गर्न दिनु भन्दै बालेनलाई भनेको थियो ।
गत पुस ७ गतेदेखि बिदा बसेका गुरागाईं बिहीबार कार्यालय गएका थिए। उनी कार्यालय जाँदा महानगरमा तनाव सिर्जना भएको थियो। गुरागाईंलाई महानगर प्रमुख बालेन्द्र शाह पक्षले रोक्ने प्रयास गरेको थियो भने उपप्रमुख सुनिता डंगोलसहित अधिकांश वडा अध्यक्ष र कर्मचारीहरूले भने कार्यकक्षमा प्रवेश गराउन बल गरेका थिए।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया