काठमाडौं महानगरका कर्मचारीले पाए तलब

काठमाडौं । प्रमुख प्रशासकीय अधिकृतको पुनरागमनसँगै काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब पाएका छन्।महानगरका मेयर बालेन्द्र साह (बालेन) देखि महानगरका सबै जनप्रतिनिधि र कर्मचारीको तलब गएको हाे।
महानगरको कर्मचारीले पाउन बाँकी रहेको तीन महिनादेखि छ महिनासम्मको तलब पाएको महानगरले जनाएको छ ।
महानगरले १ अर्ब १३ करोड रुपैयाँ बराबरको तलब निकासा गरेको छ । जसमा २९ सय व्यक्तिलाई ११३ करोड रुपैयाँ भुक्तानी भएकाे छ ।
काठमाडौं टावरको नक्सा १२ तलाको ठाउँमा १९ तलाको पास गरेको भन्दै मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ३ महिना अघि कारबाही गरेपछि सबैको तलब रोकिएको थियो ।
मेयर बालेनले पटक पटक संघीय सरकारलाई अर्को प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दा समेत पठाएको थिएन । संघीय सरकारले गुरागाईंलाईनै काम गर्न दिनु भन्दै बालेनलाई भनेको थियो ।
गत पुस ७ गतेदेखि बिदा बसेका गुरागाईं बिहीबार कार्यालय गएका थिए। उनी कार्यालय जाँदा महानगरमा तनाव सिर्जना भएको थियो। गुरागाईंलाई महानगर प्रमुख बालेन्द्र शाह पक्षले रोक्ने प्रयास गरेको थियो भने उपप्रमुख सुनिता डंगोलसहित अधिकांश वडा अध्यक्ष र कर्मचारीहरूले भने कार्यकक्षमा प्रवेश गराउन बल गरेका थिए।









महिला फुटबल टोली इन्डोनेसिया प्रस्थान
राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु
आज कति पुग्यो सुनको भाउ ?
रेखा खोलामा शव फेला, दुई जना पक्राउ
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया