गाजामा शान्ति सम्झौता भङ्ग भएपछि झन्डै चार लाख प्यालेस्टिनी विस्थापित

इजरायलले हालैको शान्ति सम्झौता तोडेपछि गाजा पट्टीमा करिब चार लाख प्यालेस्टिनी विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।
अनादोलु समाचार एजेन्सीका अनुसार राष्ट्रसङ्घीय प्रवक्ता स्टेफान दुजारिकले गाजामा इजरायली आक्रमण निरन्तर जारी रहँदा व्यापक नागरिक हताहती गराइरहेको बताए ।
“गाजामा धेरै बालबालिकासहित मानिसहरू मारिइरहेका छन्, घाइते भइरहेका छन् र जीवनभरका लागि अपाङ्ग बनाइँदैछन्”, उनले भने, “गाजाभरका बाँचेकाहरू पटक–पटक विस्थापित भइरहेका छन् र झन्झन् सानो हुँदै गएको स्थानमा धकेलिएका छन् जहाँ उनीहरूको आधारभूत आवश्यकताहरू पूरा हुन सक्दैन ।”
शान्ति सम्झौता भङ्ग भएपछि करिब चार लाख मानिस अर्थात गाजाको जनसङ्ख्याको १८ प्रतिशत विस्थापित भएका छन् भन्दै दुजारिकले कब्जा गर्ने शक्तिका रूपमा इजरायलले विस्थापित जनसङ्ख्याको सुरक्षा र जीवित रहनका लागि कुनै व्यवस्था नगरेको बताए ।
मानवीय प्रयासहरू टुट्ने विन्दुको नजिक पुगेकोप्रति चिन्ता व्यक्त गर्दै उनले आवश्यक वस्तु र आपूर्तिको वितरणका लागि क्रसिङहरू तुरुन्त फेरि खोल्न आग्रह गरे । साथै मानवीय सामग्रीहरू भित्र्याउने प्रयासहरू अवरुद्ध भएको र सहयोग आवागमन समन्वय गर्ने अधिकांश प्रयासहरू रोकिएको पनि उनले बताए ।
इजरायली सेनाले आकस्मिक चिकित्सकहरूको हत्या विषयलाई सम्बोधन गर्दै दुजारिकले राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेरेस विचलित गर्ने भिडियो फुटेजका बारेमा जानकार रहनुभएको र घटनाको स्वतन्त्र र पारदर्शी अनुसन्धानका लागि आह्वान गरिरहेको पुष्टि गरे।
जारी मानवीय सङ्कटका सम्बन्धमा उहाँले एक महिनाभन्दा बढी समयदेखि कुनै पनि खोप, खाद्यान्न, इन्धन वा अन्य आपूर्तिहरू गाजामा प्रवेश नगरेको र पोलियो खोपका लागि पनि कुनै अपवाद नबनाइएको बताए।
विशेषगरी गाजाबाट प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना कार्यान्वयन गर्ने प्रयासहरू जारी रहेको बेला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सैन्य अभियानलाई तीव्र पार्ने प्रतिज्ञा गरेका छन्।
















आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया