शुक्रबार, वैशाख ५, २०८२

‍विदेशी मुद्रा सञ्चिति २४ खर्ब नाघ्यो, १४ महिनाको आयात धान्ने

मेरोन्यूज २०८१ चैत २६ गते १७:५१

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा विदेशी मुद्रा सञ्चिति १८ प्रतिशत बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत फागुनसम्म याे सञ्चिति १८ प्रतिशतले बढेर २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको हाे ।

गत असारमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति १३.१ प्रतिशत बढेर १७ अर्ब २७ करोड डलर पुगेको छ । गत असारमा १५ अर्ब २७ करोड डलर थियो । गत फागुनमा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएकाे राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया