समाजलाई सङ्गठित गर्नु आजको आवश्यकता : उपराष्ट्रपति यादव

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले समाजलाई अझै न्यायपूर्ण, शान्तिपूर्ण र समानताका आधारमा सङ्गठित गर्नु आजको आवश्यकता भएको बताएका छन् ।
भगवान् महावीरको २६२४औँ जन्मजयन्तीका अवसरमा ‘नेपाल जैन परिषद्’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, “अनेकान्तवादले हामीलाई विभिन्न दृष्टिकोणहरूलाई सम्मान गर्न र सहिष्णुता अङ्गीकार गर्न सिकाउँदछ, जुन आजको समाजमा सामाजिक सद्भावका लागि अत्यन्तै आवश्यक छ ।”
भगवान् महावीर जन्मजयन्तीले सामाजिक एकता, धार्मिक सहिष्णुता र सांस्कृतिक मूल्यहरूलाई थप सवल, सुदृद्ध र बलियो बनाउने अवसर प्रदान गर्ने उनको भनाइ छ । भगवान् महावीरका जीवन र उनले प्रतिपादन गरेका सिद्धान्तहरू सिङ्गो मानव जीवनका विविध पक्ष र आयामलाई समृद्ध बनाउने मार्गदर्शनबाट अभिप्रेरित भएको उपराष्ट्रपति यादवले बताए ।
“मानव जीवनका लागि अपरिहार्य ‘पञ्चशील’ सिद्धान्तका प्रतिपादक भगवान् महावीरको जीवनले हामीलाई अहिंसा, सत्य, करुणा र समानताको सन्देश दिनुका साथै उहाँले देखाउनुभएको सत्मार्ग, कर्ममार्ग र नैतिकमार्गमा हिँड्न हामीलाई अभिप्रेरित गर्दै मानव जीवनमा शान्ति, सद्भाव र मैत्रीभाव प्रसार गर्नमा उत्तिकै सहयोग गर्दै आएको छ”, उनले भने ।
सामाजिक रुपमा, जैन धर्मले सहिष्णुता, अहिंसा र भाइचारा प्रदर्शन गर्दै आएको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाङ्क्षासहितको विविधतायुक्त नेपालजस्तो मुलुकमा जैन धर्मका सिद्धान्तहरूले देश र समाजका सबै वर्गहरूबीच सहिष्णुता र सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनको धारणा छ ।
नेपाल जैन परिषद्का अध्यक्ष विमल जैनले भगवान् महावीरले असत्यलाई सत्यबाट जित्नका लागि दिएको सन्देश आजको सान्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको बताए । कार्यक्रममा परिषद्का पूर्वअध्यक्ष हुकुम दुगडलाई सम्मान गरिएको थियो । त्यसैगरी अर्का पूर्वअध्यक्ष स्वर्गीय ओमप्रकाश नौलखालाई मरणोपरान्त सम्मान गरिएको थियो ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया