संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छ : शेखर कोईराला

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोईरालाले संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा अहिले धेरै कुराहरु रहेको भएपनि सरकारले विशेष ध्यान दिएर अघि बढ्नुपर्ने सुझाव दिए । उनले अहिले कांग्रेस र एमाले सम्मिलित सरकार रहेकाले सरकारका काम कारबाहीमा कांग्रेसले खबरदारी गर्नुपर्ने बताए ।
एमाले नेपाली कांग्रेसका लागि भविष्यको पनि प्रतिष्पर्धी भएकाले सोचेर अघि बढ्न जरुरी रहेको बताए । संविधान पुनरावलोकन, सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नसके जनता अझै आक्रोशित हुने बताए । दण्डहिनता दिनप्रतिदिन बढिरहेको बताए ।
सांसद कोईरालाले अमेरिकाको ट्यारिफ नीति तेस्रो विश्वयुद्ध भन्दा पनि ठूलो हुने खतरा रहेको जिकिर गरे । सुलभ स्वास्थ्य कसरी दिने भन्नेबारेमा नेपालीले सोच्नुपर्ने बताए । नेपाल आफ्नै खुट्टामा उभिनसक्छ भन्ने सोच राखेर अघि बढ्न जरुरी रहेको बताए ।








आज कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
आज साेमवारकाे विदेशी मुद्राको विनिमयदर
२०८२ साल मंसिर २९ गते सोमबारको राशिफल
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया