शिक्षकका मागप्रति सरकार लचक, मन्त्रालयले गर्न सक्ने निर्णय तयारीमा

काठमाडौं । आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार लचक देखिएको छ । शिक्षक महासंघ र सरकारबीच बिहीबार र शुक्रबार भएका वार्तामा मन्त्रिपरिषद् र शिक्षा मन्त्रालयले गर्न सक्ने निर्णय गर्न सरकार तयार भएको हो ।
शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार शिक्षा मन्त्रालयले हालैसम्म गर्न सक्ने काम नगरेको गुनासो उठाइएको छ । मन्त्रालयका अधिकारीले सेवा सुविधा, तलब भत्ता र ग्रेडबारे संवाद भइरहेको र बजेट तर्जुमासँगै प्रक्रिया अघि बढिरहेको बताएका छन् ।
पराजुलीले मन्त्रालयले गर्न सक्ने काम पूरा गरे बाँकी ऐन निर्माणका लागि मात्र दबाब दिने जनाइन् । संसदको प्रक्रिया शुरु भए आन्दोलन रोक्न सकिने उनले बताइन्। तर ऐन जारी नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पार्दै उनले अर्को वार्ता तय नभएको जानकारी दिइन् ।
शिक्षकहरूले २० चैतदेखि सडक आन्दोलन जारी राखिरहेका छन् ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया