सरकार बदनाम भइरहेको शेखर कोइरालाले भनिसक्नुभयो: देउवा

काठमाडौं । केपी ओली नेतृत्वको सरकार बदनाम छ भन्ने आफु कन्भिन्स रहेको कुरा देउवाले संकेत गरेका छन् ।
आज बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारणसभालाई सम्बोधन गर्ने क्रममा अर्का नेता शेखर कोइरालाले ओली सरकारको काम कारबाही प्रति सन्तुष्ट हुन नसकेको र जसका कारण कांग्रेसलाई समेत अप्ठयारोमा परिरहेको बताएका थिए ।
कोइरालाका कुरा मज्जासँग सुनेका देउवाले ओली सरकारको प्रफोमेन्स राम्रो नभएको आरोपमा समर्थन गरेका हुन् । ‘अघि शेखर कोइरालाले भनिसक्नुभयो, सरकारको नाममा अहिले धेरै ठूलो बदनामीहरू भइरहेको छ, यो नहोस् भनिसक्नु भयो,’ देउवाले छोटा प्रतिक्रिया दिदैँ भने ।
हिजो कांग्रेस महामन्त्री गगन थापाले पनि सरकारको काम कारबाही प्रति असन्तुष्टी जनाउँदै ‘बिडँ तातेर मात्रै हुन्न, ताप्के नै तात्नु पर्ने रहेछ’ भनेर ओली सरकारको काम कारबाही प्रति असन्तुष्टी जनाएका छन् ।
त्यसैगरी, उनले भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा गलत सूचनाको आधारमा बोलेको भन्दै सच्चाउने कार्य गरेका छन् ।
‘अस्ति मैले बोल्दा गलत सूचनाको आधारमा मैले भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेछु, उहाँ दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीको राजदूत चाँही उहाँकाे निवासमा भेट्न जाँदा भएको कुरा हो, अलिकति भ्रम भएछ, मैले बुझिनछु,’ उनले भने ।















Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
प्रतिक्रिया