सरकार बदनाम भइरहेको शेखर कोइरालाले भनिसक्नुभयो: देउवा

काठमाडौं । केपी ओली नेतृत्वको सरकार बदनाम छ भन्ने आफु कन्भिन्स रहेको कुरा देउवाले संकेत गरेका छन् ।
आज बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारणसभालाई सम्बोधन गर्ने क्रममा अर्का नेता शेखर कोइरालाले ओली सरकारको काम कारबाही प्रति सन्तुष्ट हुन नसकेको र जसका कारण कांग्रेसलाई समेत अप्ठयारोमा परिरहेको बताएका थिए ।
कोइरालाका कुरा मज्जासँग सुनेका देउवाले ओली सरकारको प्रफोमेन्स राम्रो नभएको आरोपमा समर्थन गरेका हुन् । ‘अघि शेखर कोइरालाले भनिसक्नुभयो, सरकारको नाममा अहिले धेरै ठूलो बदनामीहरू भइरहेको छ, यो नहोस् भनिसक्नु भयो,’ देउवाले छोटा प्रतिक्रिया दिदैँ भने ।
हिजो कांग्रेस महामन्त्री गगन थापाले पनि सरकारको काम कारबाही प्रति असन्तुष्टी जनाउँदै ‘बिडँ तातेर मात्रै हुन्न, ताप्के नै तात्नु पर्ने रहेछ’ भनेर ओली सरकारको काम कारबाही प्रति असन्तुष्टी जनाएका छन् ।
त्यसैगरी, उनले भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा गलत सूचनाको आधारमा बोलेको भन्दै सच्चाउने कार्य गरेका छन् ।
‘अस्ति मैले बोल्दा गलत सूचनाको आधारमा मैले भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेछु, उहाँ दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीको राजदूत चाँही उहाँकाे निवासमा भेट्न जाँदा भएको कुरा हो, अलिकति भ्रम भएछ, मैले बुझिनछु,’ उनले भने ।








आज कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
आज साेमवारकाे विदेशी मुद्राको विनिमयदर
२०८२ साल मंसिर २९ गते सोमबारको राशिफल
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया