पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

काठमाडौँ । पूर्वसचिव शङ्करप्रसाद पाण्डेको संस्मरणात्मक निबन्ध ‘सम्झनाका फूलहरू’ बजारमा आएको छ ।
शनिबार आयोजित एक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले उक्त पुस्तक विमोचन गरेकी छन् ।
पुस्तकमा लेखक पाण्डेले भौतिक विकास, पर्यावरण संरक्षण, मुलुकको कूटनीति, शिक्षा तथा प्रशासन सेवाका अनुभव समेटेका छन् ।
नेपाली साहित्यमा अनुपम मानिएको ‘मुनामदन’का रचयिता महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा राष्ट्रसेवकका रुपमा ल्हासामा रहँदा स्थापना गराउँदाको अनुभव पनि पुस्तमा समेटिएको छ ।
पुस्तक विमोचनपछि पूर्वप्रधानन्यायाधीश कार्कीले पुस्तकका माध्यमबाट राज्यव्यवस्था र त्यससँग सम्बन्धित विषय सार्वजनिक गरेर लेखकले आम पाठकलाई गुन लगाएका बताइन् ।
कवि प्रह्लाद पोखरेले पुस्तक नयाँपुराना दुवै पुस्ताले पढ्नुपर्ने बताए भने काठमाडौं महानगरपालिका– १७ का वडाध्यक्ष रोजिना श्रेष्ठले पुस्तकका केही प्रसङ्ग हरेक नेपालीको जीवनसँग मिल्ने किसिमका भएकाले पुस्तक पठनीय भएको बताएकी छन् ।










मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा
दोहोरो अंकले घट्याे सेयर बजार
मौन पीडामा रहेकी कालिमायाको याचना …
राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट
कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया