पुरानै ब्यवस्थामा फर्किने कल्पना पनि गर्न सकिन्न: उपप्रधानमन्त्री सिंह

काठमाडौं।उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले हजारौंको बलिदानी र संघर्षबाट प्राप्त अधिकारहरूको रक्षाका लागि संवेदनशील भएर सोच्नुपर्ने बेला आएको बताएका छन् ।
लाेकतान्त्रिक नेवा: खलसहितका संघसंस्थाले कीर्तिपुरमा आयाेजना गरेकाे नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले आजको स्वतन्त्रता र अधिकार त्यतिकै प्राप्त नभएको बताएका हुन्।
उनले लामो संघर्ष र हजारौंको बलिदानीबाट मात्रै अहिलेकाे परिवर्तन सम्भव भएकाले यो अधिकारको महत्वलाई बुझेर त्यसको संरक्षणमा गम्भीर हुनुपर्नेमा सिंहकाे जाेड छ ।
‘हामीले अधिकारलाई मात्रै उपभोग गर्न खोजेर हुँदैन । अधिकारसँगै जोडिएर आउने दायित्व र कर्तव्यहरूको पनि पालना गर्नुपर्छ,’ अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा भएको स्मरण गर्दै मन्त्री सिंहले भने, ‘हामीले पाएको अधिकारको संरक्षण हुने कि नहुने भन्ने कुरा हामीले नै गर्ने व्यवहारमा भर पर्दछ ।’
उनले प्राप्त अधिकार संस्थागत गर्दै राजनीतिक स्थायित्व कायम गरेर समृद्धिकाे बाटाेमा अघि बढ्नुपर्ने धारणा राखे ।
अधिकारको महत्व नबुझेका कतिपयले अहिले व्यवस्थामाथि नै प्रश्न गरिरहेको सिंहले बताए।
अधिकार खोसिनुको पीडा भोग्ने र बुझ्नेहरूलाई थाहा भएकाे भन्दै उपप्रधानमन्त्री सिंहले पुरानै व्यवस्थामा फर्किने विषयमा कल्पनासम्म पनि गर्न नसक्ने बताए।
जनतामा रहेको निराशालाई असल काम र व्यवहारले चिर्दै जानुपर्नेमा उनले जोड दिए ।
नयाँ वर्षकाे अवसरमा उनले सबैलाई सुख, शान्ति र समृद्धिका लागि शुभकामना पनि व्यक्त गरे ।
















नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया