खानेपानी सञ्चित गर्न ट्यांकी वितरण

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुन थलाका १०६ उपभोक्तालाई खानेपानी सञ्चित गर्न ट्यांकी प्रदान गरिएको छ । वर्षौँदेखि खानेपानीको समस्या खेप्दै आएका नुनथलावासीलाई पानी संकलन गर्न मझुवा गढी-१३ ले नि:शुल्क ट्यांकी वितरण गरेको हो ।
“नुन थलामा लामो समयदेखि खानेपानीको समस्या छ । नुन थलाका २४५ घर उपभोक्ताले २०४१ सालमा सञ्चालित लोचाखोला मुहानको खानेपानी योजनाबाट पानी उपभोग गरिरहेका छन्”, वडाध्यक्ष भगेश्वर राईले भने, “पानीको स्रोत सानो भएकाले हरेक दिन १२ घण्टा जम्मा गरेर तीन घण्टा वितरण गर्ने गरिएको छ । अधिकांशको घरमा उक्त पानी संकलन गरेर राख्ने भाँडो छैन, धारामा आएको समयमा पानी थाप्न नपाउने घरपरिवारले उपभोग गर्न नपाउने भएपछि ट्यांकी वितरण गरिएको हो ।”
यसका लागि वडाले यस वर्ष रु. १० लाख रकम विनियोजन गरेको थियो । लोचाखोला खानेपानी योजना मर्मतका लागि तत्कालीन १ नम्बर प्रदेश सरकारले २०७८ सालदेखि क्रमागत योजनाअन्तर्गत बजेट तथा सामग्री उपलब्ध गराउँदै आएको छ । यद्यपि, उक्त योजनामा कति खर्च भयो भन्ने वडा कार्यालयसँग यकिन विवरण छैन । मध्य पहाडी लोक मार्गअन्तर्गत दिक्तेल–हलेसी सडक खण्डमा पर्ने नुन थलाको अधिकांश क्षेत्रमा खानेपानीको समस्या छ । नुन थलाको खानेपानी समस्या समाधानका लागि मुहानको अभाव रहेको वडाध्यक्ष राईले जानकारी दिए ।
















हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन
PM Karki insists development works should not affect religious belief, cultural heritages
ओखलढुङ्गामा राई दम्पतीको हत्या
Gold price hits Rs 309 thousand per tola
सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया