खानेपानी सञ्चित गर्न ट्यांकी वितरण

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुन थलाका १०६ उपभोक्तालाई खानेपानी सञ्चित गर्न ट्यांकी प्रदान गरिएको छ । वर्षौँदेखि खानेपानीको समस्या खेप्दै आएका नुनथलावासीलाई पानी संकलन गर्न मझुवा गढी-१३ ले नि:शुल्क ट्यांकी वितरण गरेको हो ।
“नुन थलामा लामो समयदेखि खानेपानीको समस्या छ । नुन थलाका २४५ घर उपभोक्ताले २०४१ सालमा सञ्चालित लोचाखोला मुहानको खानेपानी योजनाबाट पानी उपभोग गरिरहेका छन्”, वडाध्यक्ष भगेश्वर राईले भने, “पानीको स्रोत सानो भएकाले हरेक दिन १२ घण्टा जम्मा गरेर तीन घण्टा वितरण गर्ने गरिएको छ । अधिकांशको घरमा उक्त पानी संकलन गरेर राख्ने भाँडो छैन, धारामा आएको समयमा पानी थाप्न नपाउने घरपरिवारले उपभोग गर्न नपाउने भएपछि ट्यांकी वितरण गरिएको हो ।”
यसका लागि वडाले यस वर्ष रु. १० लाख रकम विनियोजन गरेको थियो । लोचाखोला खानेपानी योजना मर्मतका लागि तत्कालीन १ नम्बर प्रदेश सरकारले २०७८ सालदेखि क्रमागत योजनाअन्तर्गत बजेट तथा सामग्री उपलब्ध गराउँदै आएको छ । यद्यपि, उक्त योजनामा कति खर्च भयो भन्ने वडा कार्यालयसँग यकिन विवरण छैन । मध्य पहाडी लोक मार्गअन्तर्गत दिक्तेल–हलेसी सडक खण्डमा पर्ने नुन थलाको अधिकांश क्षेत्रमा खानेपानीको समस्या छ । नुन थलाको खानेपानी समस्या समाधानका लागि मुहानको अभाव रहेको वडाध्यक्ष राईले जानकारी दिए ।
















विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया