नेपाललाई हराउँदै कुवेतले जित्यो उपाधि
मेरोन्यूज
२०८१ चैत ३० गते १५:०४

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको उपाधि कुवेतले जितेको छ ।
मोङ कोकमा आइतबार भएको फाइनल खेलमा नेपाललाई ३ रनले हराउँदै कुवेतले उपाधि जितेको हो ।
कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १७१ रन बनाएर अलआउट भयो ।
सुरूवाती खराबी ब्याटिङ गरेको नेपालले नवौं विकेटका लागि नन्दन यादव र वसिर अहमदले ७२ रनको साझेदारी गर्दै नेपालको खेललाई लयमा फर्काएका थिए। अन्तिम ओभरमा ११ रन चाहिएको थियो। अन्तिम ओभर र अन्तिम विकेटको रुपमा ललित राजवंशी र बसिर अहमद क्रिजमा रहेका थिए।
पहिलो बलमा नो बल हुँदै छक्का गएपछि ६ बलमा ४ रन चाहिएको थियो। त्यसपछि लगातार २ बल डट खेलेर बसिर १९.३ मा ठूलो सट खेल्ने धुनमा बाउन्ड्री लाइनमा क्लिन्टो एन्टोको हातमा क्याच आउट भए ।
सम्बन्धित
















बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया