बेंगलुरुले राजस्थानलाई ९ विकेटले हरायो

काठमाडौं। आईपीएलको २८ औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ ।
बेंगलुरुले जयपुरको सवाई मानसिंह स्टेडियममा टस जितेर बलिङ रोजेको थियो। राजस्थानले ४ विकेट गुमाएर १७३ रन बनाएको थियो भने त्यो बेंगलुरुले १८ औं ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो ।
आरसीबीबाट विराट कोहलीले आफ्नो टी–२० करियरको १००औँ अर्धशतक पूरा गर्दै ६२ रन बनाउन सफल भए । फिल साल्टले ३३ बलमा ६५ रन बनाए । देवदत्त पडिक्कल ४० रन बनाएर नटआउट रहे । राजस्थानका लागि यशस्वी जैसवालले ७५ रनको इनिङ खेलेका थिए।
यसका साथै, १८ औं आईपीएल सिजनमा आरसीबीले ६ खेलमा चौथो जित दर्ता गरेको छ । टोलीका चारवटै जित घरेलु मैदानबाटै हासिल गरेको हो भने दुवै हार पनि घरेलु मैदानमा भएको थियो ।
अर्कोतर्फ राजस्थानले ६ खेलमा चौथो हार बेहोरेको छ भने उसले हालसम्म २ खेल मात्र जितेको छ ।
विराट कोहलीले १५ औं ओभरको तेस्रो बलमा वानिन्दु हसरंगाविरुद्ध छक्का प्रहार गरेसँगै उनले टी–२० मा आफ्नो १०० औं अर्धशतक पूरासमेत गरेका छन् । विराटले आईपीएलमा ५० भन्दा बढीको ६६ औं स्कोर पनि बनाएका छन् । यो मामिलामा उनले डेभिड वार्नरको बराबरी गरेका छन् । दुवैले आईपीएलमा ६६ पटक फिफ्टी प्लस स्कोर गरेका छन् ।

















आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया