दुई अर्ब लगानी थपेर चाउचाउ उत्पादन बढाउँदै यशोदा फुड्स

काठमाडौं । ‘करेन्ट चाउचाउ’ र विभिन्न प्रकारका ‘स्न्याक्स’ उत्पादन गर्दै आएको यशोदा फुड्सले आफ्नो क्षमता विस्तार गरेको छ । उद्योगले चाउचाउ र स्न्याक्स दुवै सेग्मेन्टको उत्पादन क्षमता बढाएको हो । उद्योगले करेन्ट चाउचाउ उत्पादन क्षमता बढाएर वार्षिक ४० हजार टन पुर्याएको जनाएको छ ।
अहिले चाउचाउ उत्पादन वार्षिक ३० हजार टन छ । संभवतः एक वर्षपछि उद्योगको करेन्ट चाउचाउ उत्पादन क्षमता १० हजार टन बढ्ने भएको छ ।
यस्तै फुड्सले स्न्याक्स सेग्मेन्टको उत्पादन क्षमता पाँच गुणा बढाएर वार्षिक चार हजार ५ सय टन पुर्याएको छ । अहिले उद्योगको ‘स्न्याक्स सेग्मेन्ट’ क्षमता वार्षिक ९ सय टन रहेको छ ।
उद्योगले आफ्नो स्वामित्वमा रहेको यशोदा नुडल्स एन्ड स्न्याक्स प्रालिलाई गाभेर चाउचाउ र स्न्याक्स उत्पादन क्षमता बढाएको हो । उद्योगको क्षमता विस्तार भइ आंशिक सञ्चालनमा आएको छ । सन् २०२६ मा प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी उद्योगको छ ।
उद्योग मर्जमा जाने बेला प्लान्ट पूर्वाधार निर्माणको काम जारी थियो । फुडमा समाहित भएको यशोदा नुडल्सले सुरु गरेको पूर्वाधारलाई पूर्ण रुप दिन लागेको हो ।
उद्योगको मर्जपछि पूर्वाधार विस्तार लगानी बढाउँदा ऋण पनि बढेको छ । अहिले उद्योगको दुई अर्ब रुपैयाँ ऋण रहेको छ ।
मर्जपछि उद्योगको खातामा ४८ करोड ३० लाख रुपैयाँ थियो । जसले गर्दा कुल स्थिर सम्पत्तिमा वृद्धि भएको छ । यसबीचमा अन्य दायित्वहरू अन्तर्गत ३८ करोड रुपैयाँ ऋण हस्तान्तरण भएको छ । जसले यशोदा फूड्सको ऋण वृद्धिमा योगदान पुर्याएको छ ।
मर्जर पछिको बढेको क्षमताले मध्यम अवधिमा कम्पनीको स्केल र नगद प्रवाहलाई बढावा दिने अपेक्षा गरिएको छ । मर्जरको कारण ऋणको स्तरमा वृद्धि भए पनि कम्पनीले सञ्चालनबाट सुधारिएको नगद उत्पादनद्वारा समर्थित सुधारिएको ऋण सेवा कभरेज सूचकहरूको साथ कम गियरिङ प्रोफाइल कायम राखेको छ ।
उद्योगसँग देशभर ३०० अधिकृत वितरकहरू छन भने यशोदाले सिधै डिपार्टमेन्ट स्टोरहरू र सुपर मार्केटहरूमा पनि बिक्री गर्दछ । यसबाहेक, कम्पनीले आफ्ना उत्पादनहरू विभिन्न ब्रान्ड नामहरूमा बिक्री गर्दै आएको छ ।

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया