वर्षको पहिलो कारोबार दिन बढ्यो सेयर बजार
मेरोन्यूज
२०८२ वैशाख २ गते १५:५२

काठमाडौं । नयाँ वर्ष २०८२ को पहिलो कारोबारकाे दिन सेयर बजार २७ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २७.१४ अंकले बढेर २,६८९.२२ विन्दुमा पुगेको हाे ।
यसदिन २१२ कम्पनीको सेयरमूल्य बढेको भने ३४ कम्पनीको मूल्य घटेको छ ।
आज दुई करोड १८ लाख ४१ हजार कित्ता सेयर ६९ हजार ३६४ पटक खरिदबिक्री हुँदा आठ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको काराेबार भएकाे छ ।
मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोसी विकास बैंक, नेपाल माइक्रो इन्स्यारेन्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
सम्बन्धित
प्रतिक्रिया