पशुतिनाथ, बौद्ध, चावहिल पुस्तीका बुकलेट सार्वजनिक

काठमाडौं । पशुपतिनाथदेखि चावहिल र बौद्धसम्मका मठ, मन्दिर, गुम्बा, चैत्य विहारलगायतका सांस्कतिक सम्पदा र सो क्षेत्रमा मनाइने विविध महत्वका जात्रा÷पर्वबारे जानकारी दिने पुस्तक “पशुपतिनाथ, बौद्ध–चावहिल” पुस्तिका लोकार्पण गरिएको छ ।
नयाँ वर्ष २०८२ को सन्दर्भमा काठमाडाँै महानगर वडा –७ द्वारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा डा. गौरीशब्करलाल दासले पशुपतिनाथ, बौद्ध, चावहिल पुस्तिकाको लोकार्पण गरेका हुन् ।
एकसय एक वर्ष पुगिसक्नुभएका डा. दासले लेखक श्रेष्ठको पुस्तिकाले सनातन हिन्दु , बौद्ध धर्मसँग सम्वन्धीत सम्पदा र अमूर्त सम्पदाको रुपमा रहेका जात्रा÷पर्वका बारेमा वृस्तीत रुपमा लेखेर पाठक तथा सो क्षेत्रका भ्रमण गर्न चाहनेहरु लागि समेत गुण लगाएको बताए।
प्रदेशसभा सदस्य बाग्मती प्रदेश तथा सार्वजनिक लेखासमिति सभापति श्रीराम लामिछानेले वरिष्ठ व्यक्तित्व डा. गौरीशब्कर लाल दासको हातबाट लोकार्पण भएको सो पुस्तिकाले सो क्षेत्रका धर्म, संस्कृतिका बारेमा जानकारी दिन सफल भएको बताए।
महानगर वडा–७ का अध्यक्ष विमल कुमार होडाले नयाँ वर्षको अवसरमा शुभकामना मन्तव्य गर्दै यस पुस्तकले पशुपतिनाथ क्षेत्रदेखि बौद्ध, चावहिल क्षेत्रका धार्मिक सम्पदाको प्रचारमा योगदान पुग्ने बताए ।
उनले पुस्तकले धार्मिक÷सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि सहयोग पुग्ने बताए । लेखक पदम श्रेष्ठले पशुपतिनाथ, बौद्ध महाचैत्य र चावहिल धन्दो चैत्यलाई एकसाथ सुवर्णपुरी सम्पदा क्षेत्रका नामले सम्बोधन गरिने भएकाले यसलाई समेटेर सो पुस्तिका लेखिएको बताए ।
उनले पुस्तिका प्रकाशन सहयोग गर्नुहुने छोर्तेन मासिकका सम्पादक प्रकाशक विरबहादुर वाईवा, प्रकाशक छोरबान महिला समाजकी अध्यक्ष माया तामाब र कामपा ६, ७, ८ का सबै सदस्यलगायतलाई समेत कृतज्ञता व्यक्त गरे ।
















अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया