११ वर्षीया बहिनीको हत्या गर्ने दाजु पक्राउ

काठमाडौँ। ललितपुरमा ११ वर्षीया बहिनीको हत्या आरोपमा प्रहरीले १५ वर्षीय दाजुलाई पक्राउ गरेको छ ।
गत शुक्रबार ललितपुरको खपिन्छेँ टोलस्थित बाबुराजा अवालेको पुरानो घरको भुइँ तलामा रहेको पानी ट्यांकीमा सडेगलेको अवस्थामा ११ वर्षीया दुर्गा बोहराको शव फेला परेको थियो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले दुर्गाको हत्या गरेको आरोपमा प्रहरीले उनकै दाजुलाई पक्राउ गरेको जानकारी दिए।
पिआरसिबी ललितपुरको प्रहरी टोलीले जिल्ला प्रहरी परिसर ललितपुर समेतको सहयोगमा विभिन्न विधि र प्रविधिको प्रहरी गरी अनुसन्धान गर्ने क्रममा सो घटनामा मृतककै कान्छो दाइले हत्या गरेको खुल्न आएको उनको भनाइ छ ।
ललितपुर महानगरपालिका–१२ मंगलबजारबाट मृतकका दाइलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरी उपरीक्षक जिसीले जानकारी दिए ।
गत चैत २९ गते खपिन्छेँ टोलको घरको भुँइ तलामा रहेको प्रयोगविहीन सिमेन्टको ट्यांकीभित्र दुर्गाको शव फेला परेको थियो ।
अनुसन्धान गर्ने प्रहरी अधिकृतका अनुसार घटना चैत ४ गते भएको देखिन्छ ।
दाजु बहिनीले लागु औषधको ट्याबलेट खाएको थियो र त्यसको नशामा आफू भएकाले त्यस्तो घटना हुन गएको दाजुले प्रहरीसमक्ष बताएका थिए ।

















भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया