सत्ताधारी उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

काठमाडौं । सत्ताधारी प्रमुख दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको छ ।
काठमाडौं । सत्ताधारी प्रमुख दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको छ । सरकारको भविष्यबारे अनेक शंका-उपशंका र गठबन्धनका नेताबीच असमझदारी सार्वजनिक भइरहँदा संयन्त्रको बैठक डाकिएको हो ।
बैठक साँझलाई तय भएको र नेताहरूको समय अनुकूलमा बस्ने प्रधानमन्त्रीनिकट स्रोतले बतायो ।
ठिक यही बेला शेखर कोइराला, महामन्त्री गगन थापालगायतका कांग्रेस नेताले सरकारको काम कारवाही र प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर सार्वजनिक रूपमा टिप्पणी गरिरहेका छन् । विपक्षी दलका नेता प्रचण्डले पनि सरकार फेरिने दाबी गरिरहेका छन् ।
समसामयिक विषयमा छलफलसँगै गठबन्धनमा कुनै तिक्तता नभएको सामूहिक सन्देश दिन संयन्त्रको बैठक बोलाइएको हो ।
कांग्रेस-एमालेको संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया