दुध शुद्द छ कि छैन, यी तीन घरेलु तरिकावाट थाहा पाउनुहोस्

काठमाडौं । दूध हरेक घरपरिवारको अत्यावश्यक सामाग्री हो ।
बिहानको चिया होस्, बालबालिकाको खाजा होस् वा कुनै मिठाईको तयारी नै गर्नु पर्ने अवस्था नै किन नहोस्, दूध बिना केही पनि चल्दैन। तर, के तपाईंले कहिल्यै परिक्षण गर्नु भएको छ कि तपाईंले दैनिक पिउने दूध शुद्ध छ कि छैन ?
मिसावटको यो युगमा घरमा दैनिक आउने दुध कति स्वस्थ्यकर छ भन्ने जान्न जरुरी भइसकेको छ । यदि तपाइँ पत्ता लगाउन चाहनुहुन्छ भने तपाइँले केही सरल तरिकावाट नै थाहा पाउन सक्नु हुन्छ । उसो भए, आउनुहोस् र थाहा पाउनुहोस् कि मिसावट दूध कसरी चिन्ने ?
आजकल दूधमा पानी, स्टार्च, डिटर्जेन्ट, युरिया, सिन्थेटिक दूध जस्ता वस्तुमा मिसावट हुने गरेको छ । यी मिसावटहरूले दूधको पौष्टिकतालाई नष्ट गर्ने मात्र होइन, लामो समयसम्म सेवन गर्दा स्वास्थ्यमा पनि गम्भीर हानि पु¥याउने गर्दछ । यस प्रकारको दूध सेवन गर्दा विशेषगरी बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाका लागि घातक हुन सक्छ।
चिल्लो सतहद्वारा पहिचानः
कुनै रसायन वा प्रयोगशाला परीक्षण बिना नै दूध शुद्ध छ वा छैन थाहा पाउन सकिन्छ। यसका लागि तपाईलाई चाहिने भनेको चिल्लो सतह हो, जस्तै स्टिल प्लेट वा सिसाको टुक्रा। यस पछि सतहमा दूधको केही थोपा छोड्नु होस्। थोपाहरू कसरी बग्छन् ध्यान दिनुहोस्। यदि दूध बिस्तारै बग्छ र बाक्लो सेतो धार छोड्छ भने, दूध शुद्ध हुन्छ। यदि दूध छिट्टै बग्छ र रेखा बन्दैन भने यो पानी वा अन्य चीजहरूमा मिसावट भएको ठम्याइ गर्नुहोस्।
स्टार्च मिसावटमा आयोडिन परीक्षण
दूधमा स्टार्च मिसावटको लागि आयोडिन परीक्षण गर्न सक्नुहुन्छ। यसका लागि दूधमा आयोडिनको केही थोपा मिसाउनु होस्। यदि दूधको रंग नीलो भयो भने यसमा स्टार्च थपिएको छ भन्ने बुझ्न सकिनेछ ।
सिंथेटिक दूधको लागि फोम परीक्षण
यो परीक्षण गर्न बोतलमा दूध राख्नुहोस् र त्यसपछि यसलाई मज्जाले हल्लाउनु होस्। यदि आवश्यक भन्दा बढी फोम बन्यो भने बुझ्नु होस कि यो सिंथेटिक दूध हुन सक्छ ।










नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता
मुस्ताङकाे सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती
प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया