युद्धविराम र कैदी आदान–प्रदान सम्झौताका लागि हमास तयार

हमासले गाजा युद्ध रोक्नको लागि इजरायली बन्धकलाई प्यालेस्टिनी कैदीहरूसँग साटासाट गर्ने सम्झौतामा वार्ता गर्न तयार रहेको बताएको छ ।
हमासले तत्काल प्याकेजमा वार्ता सुरु गर्न तयार रहेको जनाउँदै प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको गाजाका लागि हमासका प्रमुख खलील अल–हयाले एक भिडियोमार्फत जनाएका छन् ।
यो प्रक्रिया युद्धको समाप्ति, गाजाबाट इजरायली सेना फिर्ता तथा पुनर्निर्माणको सुरुवात र इजरायली घेराबन्दीको अन्त्यको लागि भएको अल–हय्याले बताएका छन् ।
उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजरायली सरकारलाई नेतन्याहुको ‘युद्ध जारी राख्ने राजनीतिक एजेन्डाको सम्झौतालाई प्रयोग गरेको आरोप लगाउदै हमास यो नीति कार्यान्वयनको हिस्सा नबन्ने’ बताएका छन् ।
इजिप्ट र कतारी वार्ताकारहरूले हमासलाई प्रस्ताव गरेको सम्झौतामा करिब १० जना बन्धकहरूको रिहाइ र अस्थायी युद्धविराम समावेश छ । हमासले विज्ञप्तिमार्फत प्रस्तावको समीक्षा गर्दै आन्तरिक परामर्श पूरा गरेपछि आफ्नो प्रतिक्रिया पेस गर्ने जनाएको छ ।
गत मङ्गलबार भएको इजरायली हमलापछि बुधबार नेतान्याहुको कार्यालयले गाजामा अझै पनि बन्धकहरूको रिहाइका लागि ‘कदम जारी राख्न’ इजरायली वार्ताकारहरूलाई निर्देशन दिएको बताएको छ ।
इजरायलले हमाससँगको दुई महिने युद्धविरामपछि मार्च १८ मा गाजामा आक्रमण पुनः सुरु गरे देखि एक हजार ६९१ जनाको मृत्यु हुनुका साथै चार हजार ४६४ घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
















सामसङ नेपालले घोषणा गर्यो होलीको अफर
चुनावमा मिथ्या सूचनाको बाढी र यसको व्यवस्थापन
कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी
15 killed in collision between Greek coastguard vessel and migrant boat: police
कञ्चनपुरमा ५ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
प्रतिक्रिया