शनिबार, वैशाख ६, २०८२

कैलालीमा बस र माइक्रोबस ठोक्किँदा १० जना घाइते 

मेरोन्यूज २०८२ वैशाख ५ गते २०:२३

धनगढी। कैलालीमा बस र माइक्रो बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा १० जना घाइते भएका छन् ।

घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा शुक्रबार साँझ सुपप्र ०१–००१ ख ३१९७ बस र कर्णाली प्रदेश ०२–००१ ज ०६३९ नम्बरको माइक्रो बस एकआपसमा ठोक्किएका हुन् ।

चालकसहित दुर्घटनामा ८ जना महिला र एक पुरूष गरेर १० जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा माईक्रो बस चालक गोदावरी नगरपालिका–२ तेघरी बस्ने २३ वर्षीय भुवन बहादुर महरा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी पठाइएको छ ।

अन्य ९ जना घाइतेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । बस चालक गोदावरी नगरपालिका–१२ गेटा बस्ने ३६ वर्षीय जितु चौधरी फरार भएका छन् ।

प्रतिक्रिया