कैलालीमा बस र माइक्रोबस ठोक्किँदा १० जना घाइते
मेरोन्यूज
२०८२ वैशाख ५ गते २०:२३

धनगढी। कैलालीमा बस र माइक्रो बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा १० जना घाइते भएका छन् ।
घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा शुक्रबार साँझ सुपप्र ०१–००१ ख ३१९७ बस र कर्णाली प्रदेश ०२–००१ ज ०६३९ नम्बरको माइक्रो बस एकआपसमा ठोक्किएका हुन् ।
चालकसहित दुर्घटनामा ८ जना महिला र एक पुरूष गरेर १० जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा माईक्रो बस चालक गोदावरी नगरपालिका–२ तेघरी बस्ने २३ वर्षीय भुवन बहादुर महरा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी पठाइएको छ ।
अन्य ९ जना घाइतेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । बस चालक गोदावरी नगरपालिका–१२ गेटा बस्ने ३६ वर्षीय जितु चौधरी फरार भएका छन् ।
सम्बन्धित
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया