सदर चिडियाखानाको जनावर ‘रेस्क्यु’ टोली नेपालभर सक्रिय

ललितपुर । जङ्गली जनावर घाइते, टुहुरा वा कसैले त्यसलाई दुःख दिइरहेको छ भने तत्काल खबर दिन सदर चिडियाखानाले आग्रह गरेको छ ।
चिडियाखानाका प्रमुख सत्यनारायण शाहका अनुसार, यस्ता घटनाको सूचना प्राप्त हुनेबित्तिकै प्रशिक्षित रेस्क्यु टोली तत्काल घटनास्थलमा पुगी रेस्क्यु गर्छन् । ‘हामीसँग अनुभवी रेस्क्यु टिम छन्, जसले उपत्यकाभित्र मात्र होइन, नेपाल अधिराज्यभरि पुगेर जनावरलाई उद्धार गर्ने गर्छन्’, शाहले बताए ।
केही दिनअघि मात्र रामेछापमा दुई पटक चितुवा रेस्क्यु गरिएको पनि उनले जानकारी दिए । सूचना प्राप्त भएको केही समयमै चिडियाखाना र सम्बन्धित निकायको समन्वयमा उद्धार कार्य सम्पन्न गरिएको थियो ।
शाहका अनुसार, चिडियाखानाको केन्द्रीय टोली काठमाडौँ उपत्यकामा सक्रिय रहन्छ भने चितवन, बर्दिया, शुक्लाफाँटा र कोशी क्षेत्रमा पनि रेस्क्यु शाखाहरू सञ्चालनमा छन् ।
चिडियाखानाले जनावरमाथि दुव्र्यवहार, आक्रमण वा बेवास्ता नगरी तुरुन्तै सम्बन्धित निकाय वा चिडियाखानामा जानकारी गराउन आमसर्वसाधारणसँग प्रमुखले अनुरोध गरेको छ । यसले वन्यजन्तु संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया