अमिर खानको ‘सितारा जमीं पर’ मा १० प्रमुख कलाकार रहेको खुलासा

मुम्बई। आमिर खान आफ्नो आगामी फिल्म ‘सितारा जमीं पर’ लाई लिएर लामो समयदेखि चर्चामा रहेका छन् ।
तर, केही समयअघि फिल्मसँग सम्बन्धित एउटा स्पेशल अपडेट आएको थियो, जसमा फिल्मको रिलिज मिति तोकिएको थियो। अहिलेको कुरा गर्ने हो भने, आमिरले पहिलो पटक फिल्मसँग सम्बन्धित पात्रको बारेमा कुरा गरेका छन् । चलचित्रमा १ वा २ नभई १०–१० जना मुख्य पात्र रहेको खुलेको छ।
सन् २००७ मा आमिर खानको फिल्म ‘तारे जमीं पर’ रिलिज भएको थियो, जसलाई मानिसहरुले निकै मन पराएका थिए । यही कारणले गर्दा यो फिल्मको घोषणा भएदेखि नै यो फिल्मलाई लिएर दर्शकमा निकै नै उत्साह रहेको छ ।
हालै बलिउड हंगामासँगको कुराकानीमा अभिनेताले फिल्मका पात्रहरुको बारेमा कुरा गरेका थिए । ‘सितारे जमीं पर’ का मुख्य पात्रमध्ये कसैलाई डाउन सिन्ड्रोम र कोही अटिस्टिक भएको अभिनेताले खुलासा गरेका छन्।
चलचित्रमा अधिकांश मुख्य पात्र अपाङ्गता भएका व्यक्तिले खेलेको अभिनेताले बताएका छन् । आमिर खानलाई उद्योगको ‘मिस्टर परफेक्शनिस्ट’ भनिन्छ । किनभने अमिर खानले सधैं केही विशेष समस्याहरू फिल्ममार्फत ल्याउँछन् र दर्शक सामु प्रस्तुत गर्ने गर्छन्।
यो चलचित्रको कुरा गर्दा यसको सम्पादनको काम सकिएको छ । फिल्मको ट्रेलर मे १ मा रिलिज हुदैँछ तर फिल्मको रिलिज मिति भर्खरै तय भएको छ, जो अब २० जुनमा रिलिज हुनेछ ।
यो फिल्म भन्दा पहिले ‘मिस्टर परफेक्शनिस्ट’ आमिर खान सन् २०२२ मा रिलिज भएको ‘लाल सिंह चड्ढा’ मा देखिएका थिए । ३ बर्षको लामो समय पछि आमिरको पुनरागमनलाई लिएर मानिसहरुले धेरै अपेक्षा गरेका छन् । फिल्ममा आमिर खानसँगै जेनेलिया देशमुख पनि छिन् तर अरू कलाकारकाे नाम भने अझै खुलाइएकाे छैन ।
















कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया