अमिर खानको ‘सितारा जमीं पर’ मा १० प्रमुख कलाकार रहेको खुलासा

मुम्बई। आमिर खान आफ्नो आगामी फिल्म ‘सितारा जमीं पर’ लाई लिएर लामो समयदेखि चर्चामा रहेका छन् ।
तर, केही समयअघि फिल्मसँग सम्बन्धित एउटा स्पेशल अपडेट आएको थियो, जसमा फिल्मको रिलिज मिति तोकिएको थियो। अहिलेको कुरा गर्ने हो भने, आमिरले पहिलो पटक फिल्मसँग सम्बन्धित पात्रको बारेमा कुरा गरेका छन् । चलचित्रमा १ वा २ नभई १०–१० जना मुख्य पात्र रहेको खुलेको छ।
सन् २००७ मा आमिर खानको फिल्म ‘तारे जमीं पर’ रिलिज भएको थियो, जसलाई मानिसहरुले निकै मन पराएका थिए । यही कारणले गर्दा यो फिल्मको घोषणा भएदेखि नै यो फिल्मलाई लिएर दर्शकमा निकै नै उत्साह रहेको छ ।
हालै बलिउड हंगामासँगको कुराकानीमा अभिनेताले फिल्मका पात्रहरुको बारेमा कुरा गरेका थिए । ‘सितारे जमीं पर’ का मुख्य पात्रमध्ये कसैलाई डाउन सिन्ड्रोम र कोही अटिस्टिक भएको अभिनेताले खुलासा गरेका छन्।
चलचित्रमा अधिकांश मुख्य पात्र अपाङ्गता भएका व्यक्तिले खेलेको अभिनेताले बताएका छन् । आमिर खानलाई उद्योगको ‘मिस्टर परफेक्शनिस्ट’ भनिन्छ । किनभने अमिर खानले सधैं केही विशेष समस्याहरू फिल्ममार्फत ल्याउँछन् र दर्शक सामु प्रस्तुत गर्ने गर्छन्।
यो चलचित्रको कुरा गर्दा यसको सम्पादनको काम सकिएको छ । फिल्मको ट्रेलर मे १ मा रिलिज हुदैँछ तर फिल्मको रिलिज मिति भर्खरै तय भएको छ, जो अब २० जुनमा रिलिज हुनेछ ।
यो फिल्म भन्दा पहिले ‘मिस्टर परफेक्शनिस्ट’ आमिर खान सन् २०२२ मा रिलिज भएको ‘लाल सिंह चड्ढा’ मा देखिएका थिए । ३ बर्षको लामो समय पछि आमिरको पुनरागमनलाई लिएर मानिसहरुले धेरै अपेक्षा गरेका छन् । फिल्ममा आमिर खानसँगै जेनेलिया देशमुख पनि छिन् तर अरू कलाकारकाे नाम भने अझै खुलाइएकाे छैन ।












कस्तो रहला आज दिनभरकाे मौसम ?
चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न विभागको निर्देशन
पुस २५ गते शुक्रवारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया