सगरमाथा नयाँ कीर्तिमान बनाउने प्रतिस्पर्धा

काठमाडौँ। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७२ वर्षे दौरानमा प्रतिस्पर्धा, होडबाजी र कीर्तिमानका चाङ लागिरहेका छन् । सगरमाथा आरोहण आफैँमा जोखिम र संवेदनशील यात्रा हो । आरोहणका क्रममा कतिपय आरोहीले ज्यान नै दाउ लाउनुपर्छ । जोखिमपूर्ण यात्रा भए पनि सगरमाथामा नयाँनयाँ कीर्तिमान बनाउने बढिरहेका छन् ।
तीसपटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाउने कामीरिता शेर्पादेखि एकै सिजनमा तीनपटक सगरमाथा चढेर कीर्तिमान कायम गर्ने फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, दुवै खुट्टा गुमाएका हरिबहादुर बुढासहित विभिन्न कीर्तिमान बनाउनेको सङ्ख्या लामै छ । हिउँचितुवाको उपनामले चर्चित स्वर्गीय आङ्रिता शेर्पाले बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए । केही आरोहीले सबैभन्दा छोटो समयमा, सानो उमेरमा सगरमाथा चढेर नयाँ ‘रेकर्ड’ बनाएका छन् भने बिनाअक्सिजन आरोहण गरेर पनि विभिन्न कीर्तिमान कायम गरेका छन् ।
यसै सन्दर्भमा सगरमाथा आरोही टासी ग्याल्जेन शेर्पा २० दिनमा चारपटक सगरमाथा चढेर नयाँ कीर्तिमान बनाउने उद्देश्यले आरोहणमा निस्किएका छन् । “बीस दिनभित्र चारपटक सगरमाथा चढेर विश्व कीर्तिमान बनाउने मेरो उद्देश्य छ”, उनले भने । सन् २०१७ देखि आरोहणमा लागेका शेर्पाले सगरमाथा चारपटक आरोहण गरिसकेका छन् । आमादब्लम, चोयु, मकालु तथा चीनको सिसापाङ्मा हिमाल पनि चढेका छन् ।
सोलुखुम्बु खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का २८ वर्षीय टासीले सुरुमा सगरमाथा आरोहण, दोस्रोपटक आमादब्लम आरोहण गरे । उनका बुबाले सगरमाथा आरोहण गरेका थिए । बुबाकै प्रेरणाले आरोहणमा नयाँ रेकर्ड बनाउन लागेको उनले बताए । दावाफुञ्जु शेर्पाले आठ दिनमा तीनपटक सगरमाथामा चढेर कीर्तिमान बनाएका थिए ।
एटके एक्सपीडिसन कम्पनीमार्फत सगरमाथा आरोहणको नयाँ कीर्तिमान बनाउन त्यसतर्फ लागेको उनले बताए । टासीले सेभेनसमिट ट्रेक्स र फर्टिन पिक कम्पनीमा व्यावसायिक गाइडका रूपमा काम गरेका छन् । परिवारमा बुबा, श्रीमती एक छोरा एक छोरी छन् । टासीले सगरमाथाको चारपटक सफल आरोहण गरिसकेका छन् ।
सिनियर आरोहीले सगरमाथामा राखेको रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गर्नेगरी आरोहण यात्रामा लागेको उनले उल्लेख गरे । नेपाललाई तेन्जिङ नोर्गे, आप्पा शेर्पा, बाबुछिरी, कामीरितालगायत कीर्तिमानी शेर्पाले विश्वभर परिचित गराएका छन्। आफूमा पनि उनीहरूले जस्तै सगरमाथामा रेकर्ड राख्ने उद्देश्य रहेको उनले बताए।
टासीले सगरमाथाको रेकर्डपछि नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्ने अभियानमा केन्द्रित हुने विश्वास व्यक्त गरे । आफ्नो सगरमाथा यात्राका क्रममा भारत, चीन, अमेरिकालगायत विभिन्न मुलुकका नागरिकलाई चुचुरोमा पुर्याएको अनुभव सुनाउने टासीले आगामी दिनमा सात महादेशका अग्ला हिमाल चढ्ने योजना बनाएका छन् ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया