नेपालकै ठूलो बस व्यवसायी समितिलाई भल्वो आइसरको म्याजेस्टिक हस्तान्तरण

काठमाडौं। लङ रुट इन्टर–सिटी ट्राभलका लागि उपयुक्त भल्वो आइसरको १२ मिटर च्यासिस ‘म्याजेस्टिक’ ग्राहकलाई हस्तान्तरण गरिएको छ ।
नेपालकै ठूलो पश्चिम नेपाल बस व्यवसायी प्रालिको महत्वपूर्ण भागको रुपमा रहेका मुन एयरबस, देवराज ट्राभल र टाइम ट्राभललाई हस्तान्तरण गरेको हो ।
बुटवलको कालिकानगरस्थित दियालो फुडल्यान्डमा आयोजित एक कार्यक्रममा बतास एमएडब्लु कमर्सियल भेइकल्सले १२ युनिट बस च्यासिस ग्राहकलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा बस व्यवसायीका साथै बतास एमएडब्लुका प्रतिनिधिहरु र अन्य महत्वपूर्ण व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

भल्वो आइसरको एड्भान्स्ड इन्जिनियरिङद्वारा निर्मित म्याजेस्टिक १२ मिटर कम्फर्ट, पर्फमेन्स र विश्वसनियताका लागि प्रतिबद्ध हुनुका साथै यसले प्रिमियम बस सेगमेन्टमा नयाँ बेन्चमार्क स्थापित गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएकाे छ ।
एमएडब्लु इन्टरप्राइजेजका भाइस प्रेसिडेन्ट हेमन्त पुराणिकले ग्राहकलाई बसको चावी हस्तान्तरण गरेका थिए । चावी हस्तान्तरण गर्दै पुराणिकले म्याजेस्टिकको सुपेरियर क्वालिटी र बेस्ट–इन–क्लास माइलेजका कारण हेभी कमर्सियल बसको नेपाली बजारमा यसको माग तीव्र रुपमा बढिरहेको बताए । आफूहरुलाई गरेको विश्वासका लागि उनले पश्चिम नेपाल बस व्यवसायी प्रालिलाई धन्यवाद समेत दिए ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले बसको बिल्ड क्वालिटीका साथै कम्पनी फिटेड एसी र लुब्रिकेटेड–फर–लाइफ प्रोपेलर साफ्ट लगायतका आकर्षक फिचर व्यवसायीहरुका लागि महत्वपूर्ण रहेको बताए । विश्वसनियता र दीर्घकालीन मूल्यको आधारमा यसले देशभरका व्यवसायीका लागि एउटा बेन्चमार्क स्थापित गर्ने उनले विश्वास व्यक्त गरे ।
भल्वो आइसरको सो म्याजेस्टिक १२ मिटरमा १९२ एचपी इन्जिन रहेको छ, जसले ७१५ एनएम टर्क जेनेरेट गर्छ । यसकारण यसको तनाई क्षमता अतुलनीय रहेको छ । यसमा भएको ४२५ लिटरको ठूलो इन्धन ट्यांकीका कारण लामो दुरीको यात्रामा पटक पटक इन्धन भर्नुपर्ने झन्झट हुँदैन ।
यसमा फ्याक्ट्रीमै फिट गरिएको एसी कम्प्रेसर छ भने लुब्रिकेटेड–फर–लाइफ प्रोपेलर साफ्ट छ, जसले गर्दा मर्मत खर्च कम हुनुका साथै बिग्रिने सम्भावना पनि कम हुन्छ । डोमेक्स च्यासिस, ठुलो डायमिटर क्लच र फ्रन्ट वेभलर सस्पेन्सन लगायतका फिचरले यसलाई अझ शक्तिशाली कम्पनीको दाबी छ ।
६० हजार किलोमिटरको सर्भिस इन्टरभल, सेगमेन्टमै बेस्ट माइलेज र नेपालभर रहेको बेस्ट–इन–क्लास आफ्टर सेल्स सपोर्टका कारण लामो दुरीको यात्रा लक्जरियस रुपमा गर्नका लागि यो बस निकै नै उपयुक्त हुने कम्पनिकाे भनाइ छ ।














सुनकोे मूल्य दुई हजारले बढ्यो, चाँदीको स्थिर
जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’
लागुऔषधसहित तीन जना पक्राउ
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
प्रतिक्रिया