अवैध १० लाख रूपैयाँसहित भारतीय नागरिक पक्राउ

रौतहट। रौतहटको मौलापुर नगरक्षेत्र अन्तर्गत अवैध १० लाख नेपाली रुपैयाँ सहित एकजना भारतीय नागरिक लाई प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रवेश कार्कीको कमाण्डमा गएको टोलीले वडा ६ पथराबुधरामबाट स्रोत नखुलेको अबैध १० लाख नेपाली रूपैयाँसहित भारत बिहार मोतिहारी जिल्ला ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बजारका २३ वर्षीय राज किशोर ठाकुरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा सिट मुनि राखिएको झोलाबाट उक्त उक्त रुपैयाँ बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले न्युज कारखाना लाई बताएका छन्।
मोटरसाईकल चालक भारतीय नागरिक ठाकुरलाई पक्राउ गरी रुपैयाँ सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
एसपी घिमिरेको निर्देशनमा प्रहरीले सञ्चालन गरेको तस्करी तथा हुण्डी कारोबार नियन्त्रण अभियान निकै प्रभावकारी भएको स्थानीयहरूले बताएका छन्।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया