सोमबार, वैशाख ८, २०८२

एमएडब्लू वृद्धिले बनायो १०० स्थानमा डिसी चार्जर

मेरोन्यूज २०८२ वैशाख ७ गते २०:२४

काठमाडौं । एमएडब्लू वृद्धिले नेपालमा १०० भन्दा बढी स्थानमा डिसी चार्जर निर्माण पुरा भएको जनाएको छ । १०० स्थानमा चार्जर राखेको उपलक्ष्यमा कम्पनीले विशेष कार्यक्रम आयोजना गरेको हो ।

एमएडब्लू वृद्धिले दीपल, डोङफेङ नामी, शोकोन र फोटोनका विद्युतीय गाडी बिक्री आएको छ । यी सबै ब्राण्डका गाडी सडकमा बाक्लै गुडिरहेका छन् ।

एमएब्लू वृद्धिले नयाँ नेटवर्क सीसीएस-२ टाइप डीसी फास्ट चार्जर राखेको हो । कम्पनीले बिक्री गर्ने कारदेखि भ्यानसम्ममा सीसीएस-२ पोर्ट दिएर ल्याएको छ ।

कम्पनीले काठमाडौं, पोखरा, विराटनगर र चितवन जस्ता राजधानी शहरहरूदेखि मुस्ताङ, डोटी, सुर्खेत, टीकापुर र डडेलधुरा जस्ता दुरदराजका क्षेत्रमा पनि चार्जर राखेको छ ।

एमएडब्लूले बनाएको चार्जर ४० किलोवाट (१ गन) र ६० किलोवाट (२ गन) दुवै चार्जरहरू छन् ।

प्रतिक्रिया