प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गरेका छन् ।
साउदी अरबका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानको निमन्त्रणामा उनले अप्रिल २२ देखि २३ सम्म साउदी अरबको भ्रमण गर्ने बताइएको छ ।
सन् २०१४ देखि प्रधानमन्त्री मोदीले साउदी अरब र खाडी मुलुकहरूसँग भारतको सम्बन्धको दिशा परिवर्तन गरेका छन् । सन् २०१६ र २०१९ मा साउदी अरबको भ्रमणपछि यो उनको तेस्रो भ्रमण हुनेछ । खाडी क्षेत्रको कुनै मुलुकको उनको यो १५औँ भ्रमण पनि हो ।
“आज म साउदी अरबका राजकुमार तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानको निमन्त्रणामा साउदी राज्यको दुई दिने राजकीय भ्रमणमा प्रस्थान गर्दैछु”, उनले प्रस्थानपूर्व विज्ञप्तिमा भने ।
“हालैका वर्षहरूमा रणनीतिक गहिराइ र गति प्राप्त गरेको साउदी अरबसँगको लामो र ऐतिहासिक सम्बन्धलाई भारतले गहिरो महत्त्व दिन्छ”, उनले भने, “सँगै, हामीले रक्षा, व्यापार, लगानी, ऊर्जा र जनता–जनता सम्बन्धका क्षेत्रहरू सहित पारस्परिक रूपमा फाइदाजनक र ठोस साझेदारी विकास गरेका छौँ । क्षेत्रीय शान्ति, समृद्धि, सुरक्षा र स्थिरता प्रवद्र्धन गर्न हाम्रो साझा चासो र प्रतिबद्धता छ ।”
साउदी अरबमा जीवन्त भारतीय समुदायसँग सम्पर्क गर्न पनि उत्सुक रहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले भने, “भारतीय समुदायले हाम्रा राष्ट्रहरू बीचको जीवित पुलको रूपमा सेवा गरिरहेको छ र सांस्कृतिक र मानवीय सम्बन्धलाई सुदृढ पार्न अपार योगदान पु¥याइरहेको छ ।”
शनिबार एक विशेष पत्रकार सम्मेलनमा विदेश सचिव विक्रम मिस्रीले भ्रमणले प्रमुख क्षेत्रीय र विश्वव्यापी मुद्दाहरू छलफल गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने बताए । यसमा पश्चिम एसियाको अवस्था, इजरायल–प्यालेस्टिन द्वन्द्व र हुथी आक्रमणका कारण समुद्री सुरक्षामा खतरा समावेश छ ।
















सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
नुवाकोटको गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया