‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’

काँक्रेविहार (सुर्खेत) । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सूचना प्रविधिको स्वरुप बदलिएकाले यसको महत्व झनै बढेको बताएका छन्।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसनको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘डिजिटल कर्णाली कन्लेक्भ’मा उनले भने, ‘हिजो पनि जो सूचना र प्रविधिले बलियो थियो, संसार उसकै हातमा थियो। आधुनिक इतिहास हेर्दा पनि जोसँग सूचना र प्रविधि छ, ऊ नै महान् बनेको बिर्सन सकिँदैन।’
अहिलेको युग डिजिटल प्रविधि र सूचनाको युग भएकाले मुख्यमन्त्री कँडेलले मान्छेको हातमा कुरा गर्न मिल्ने मोबाइल मात्रै नभएर सिङ्गो संसारका गतिविधि नियाल्न मिल्ने सुविधा रहेको बताए।
कन्क्लेभमा आजै भएका विभिन्न प्रस्तुतिहरुमा कर्णालीमा ‘डिजिटाइजेसन’का चुनौतीहरुबारे सान्दर्भिक विषयहरु उठिरहेको र पहिलो सर्तका रुपमा पूर्वाधार आवश्यक रहेको उनको भनाइ छ। कर्णालीमा ब्रोडब्यान्ड इन्टरनेट, मोबाइल टावर, नियमित बिजुली अझै धेरै स्थानमा कमजोर भएकाले ठूलो सङ्ख्या डिजिटल साक्षरताबाट वञ्चित भएको उनले बताए।
सूचना, प्रविधिको जनतासम्म गुणस्तरीय पहुँच अझै पुग्न नसकेको उनको भनाइ छ। यही कारणले धनी र गरिबबीचको खाडल अर्थात् ‘डिजिटल डिभाइड’को अवस्थाबाट गुज्रिरहेको उनले बताए।
कर्णाली प्रदेशका विद्यालयहरूलाई नमूनाका रुपमा विकास गर्दै डिजिटल शिक्षा सुरु हुने क्रममा रहेको जानकारी दिए। डिजिटल पूर्वाधार, डिजिटल शिक्षा र डिजिटल पहुँच बिनाको समावेशी विकास गर्न नसकिने भएकाले सबैले हातेमालो गरेर अगाडि बढनुपर्ने मुख्यमन्त्री कँडेलले बताए।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया