कारले स्कुटर र इलेक्ट्रिक स्कुटरलाई ठक्कर दिँदा तीन जना घाइते
मेरोन्यूज
२०८२ वैशाख १० गते ९:०९

रत्ननगर। रत्ननगर नगरपालिका–१, निपनी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा कारले स्कुटर र इलेक्ट्रिक स्कुटरलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्।
टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ग ३ च ४९४९ नम्बरको कारले सोही दिशातर्फ गइरहेको ना ४३ प ७०६८ नम्बरको स्कुटर र एक इलेक्ट्रिक स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक रत्ननगर–७ का ५५ वर्षीय झौरा महतो, पछाडि सवार ४९ वर्षीया पवि महतो र इलेक्ट्रिक स्कुटर चालक खैरहनी–१ की ३० वर्षीया नवीना महतो घाइते भएका छन्। उनीहरूको बकुलहर रत्ननगर अस्पताल, टाँडीमा उपचार भइरहेको छ।
प्रहरीले कार चालक तनहुँ भिमाद–७ का २९ वर्षीय सुजन अर्याल र तीनैवटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।
सम्बन्धित










तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया