बुधबार, वैशाख १०, २०८२

काश्मीर घटनापछि साउदी अरेबियाको भ्रमण छोट्याएर फर्किए मोदी

मेरोन्यूज २०८२ वैशाख १० गते १०:३१

काठमाडौं ।दर्जनौँको ज्यान जाने गरी काश्मीरमा आतङ्कवादी हमला भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरेबियाको भ्रमण छोट्याएर फर्किएका छन्। उनी भर्खरै नयाँ दिल्ली विमानस्थलमा अवतरण भइसकेका छन्।

घटनालाई लिएर भारत र संसारभर नेताहरूले दुःख व्यक्त गरिरहेका छन् बेलायती प्रधानमन्त्री केइर स्टरमरले घटनामा ज्यान गुमाउनेमा समवेदना व्यक्त गरेका छन्।काश्मीरमा मुख्य मन्त्री ओमार अब्दुल्लाहले सो घटनालाई अमानवीय र पाशविक भनेका छन्।

पर्यटकीय क्षेत्रमा भएको सो हमलामा मर्नेहरूको विवरण आउने क्रम सुरु भएको छ।कति जनाले त पारिवारिक भ्रमणमा गएको समयमा नै आफन्त गुमाएका छन्।

ओढीषाका प्रशान्त कुमार साम्पाथी बिदा मनाउन श्रीमती र बच्चासहित कश्मीर पुगेका थिए। उनको टाउकोमा नै गोली लागेको उनकी श्रीमती प्रियदर्शनीले बताएकी छिन्।पालङघमको सो घटनापछि मंगलबार नै मैनबत्ती बालेर दिवङ्गतलाई शोक व्यक्त गरिएको छ। मन्दिरमा जानेसमेत डराइरहेका छन्।

प्रतिक्रिया