बुधबार, चैत २५, २०८२

आतंकवादी हमलामा मारिनेमा बुटबलका सुदिप न्यौपाने, आमा पनि घाइते

मेरोन्यूज २०८२ वैशाख १० गते ११:४४

काठमाडौ। जम्मु काश्मिरमा भएका आतंकवादी हमलामा पर्ने नेपालीको पहिचान खुलेको छ।

Advertisement
nepal life insurencenepal life insurence

हिजो भएको आतंकवादी हमलामा २६ जना पर्यटकको मृत्यु हुदाँ एकजना नेपाली सुदिप न्यौपाने पनि भएको खुलेको हो । 

परराष्ट्र मन्त्री आरजु राणाले काश्मिरको पाहलगममा हिजो भएको आतङ्ककारी हमलामा परी नेपाली नागरिक वुटवल–११, कालिकानगर रुपन्देहीका  सुदिप न्यौपानेको निधन भएको जानकारी दिएकी हुन् ।

‘सुदिप न्यौपानेको निधन भएको खबरले निकै मर्माहत भएकी छु । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’ परराष्ट्र मन्त्री राणाले भनेकी छिन् ।
 

साथै, सो आतङ्ककारी हमलामा परेर घाइते भएकी न्यौपानेको आमाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेकी छिन् । ‘उहाँहरु घुमघामका लागि त्यहाँ पुग्नु भएको समाचार पनि प्राप्त भएको छ, यस्तो क्रुर र अमानवीय कार्यको जति निन्दा गरे पनि पुग्दैन्,’ उनले लेखेकी छिन, ‘नेपाल सरकार यो घटनाको निन्दा एवं भत्र्सना गर्दछ र यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको साथमा रहेको छ ।’ उनका अनुसार सो घटनाका बारेको थप जानकारीका लागि परराष्ट्र मन्त्रालय सम्पर्कमै रहेको छ ।

प्रतिक्रिया