बुधबार, वैशाख १०, २०८२

एकैदिन ७ हजार बढीले घट्याे सुनको मुल्य, आज ताेलाकाे कति ?

मेरोन्यूज २०८२ वैशाख १० गते ११:५१

काठमाडौं । सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ । जसअनुसार नेपाली बजारमा सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कारोबार भएको थियो ।साथै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। 

मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।
 

प्रतिक्रिया