सशस्त्र प्रहरी रौतहटको स्थापना दिवसमा रक्तदान
मेरोन्यूज
२०८२ वैशाख १० गते १२:३१

रौतहट। रौतहट स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहट स्थित कार्यरत जवान तथा अधिकृतहरुले रक्तदान गरेका छन्।
सशस्त्र प्रहरी बल रौतहटको “१८ औ स्थापना दिवस–२०८२” को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेक्वा रौतहटको आयोजनामा रक्तदानको आयोजना गरिएको हो।
नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा कार्यालय गौर रौतहटको समन्वय एवं सहकार्यमा गण परिसर भित्र आयोजित रक्तदान कार्यक्रममा २८ सशस्त्र प्रहरी कर्मचारीहरुबाट रक्तदान भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले न्युज कारखानालाई बताए ।
उनका अनुसार उक्त रक्तदान कार्यक्रममा रौतहट जिल्लामा कार्यरत सशस्त्र प्रहरी तथा कर्मचारीहरूको सहभागीता रहेको थियो । रौतहट स्थित सशस्त्र प्रहरीको स्थापना दिवसको अवसरमा प्रत्येक बर्ष बिभिन्न किसिमका सामाजिक कार्यहरु गरिँदै आएको छ ।
सम्बन्धित















मन्त्रिपरिषद् बैठकको निर्णय : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त
प्रतिनिधि सभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल
राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन
पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गर्दै इरानद्वारा युद्धोन्मुख चेतावनी जारी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
प्रतिक्रिया