प्रधानमन्त्रीले कार्यशैली सुधार गर्नुपर्छ : पूर्णबहादुर खड्का
मेरोन्यूज
२०८२ वैशाख १० गते १३:५८

काठमाडौं । नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यशैली सुधार गर्नुपर्ने बताएका छन् ।
बुधबार पार्टीनिकट यातायात व्यवसायीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले नागरिकको भावनालाई बुझेर प्रधानमन्त्री ओलीले कार्यशैलीमा सुधार गर्नुपर्ने बताए । ‘सभापतिले पनि भन्दै आउनुभएको छ, सरकारको कार्यशैलीमा सुधार गर्नुपर्ने आवश्यक छ । त्यसलाई सच्याउनुपर्छ । प्रधानमन्त्रीलाई हामीले भनेका छौँ, नागरिकको भावनालाई बुझेर बाहिर देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने गरी अघि बढ्नुपर्छ,’ उनले भने ।
खड्काले एमालेसँगको सहमतिअनुसार संविधान संशोधनको प्रक्रिया अघि बढाउन ढिला भएको बताए । संविधान संशोधन गर्नु नै दुई ठूला पार्टीको मुख्य उद्देश्य भएपनि त्यसमा ढिलाइ भइरहेको उनको भनाइ छ ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया