शनिबार, वैशाख २६, २०८३

भृकुटीमण्डपमा एमालेको ‘युथ सेलिब्रेशन’

मेरोन्यूज २०८२ वैशाख ११ गते १३:११

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘युथ सेलिब्रेसन’ कार्यक्रममा सहभागी हुन युवाहरू आउने क्रम जारी छ।

Advertisement
NiccNicc

युवालाई ‘जनताले जितेको दिन’को स्मरण गराउन लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंको भृकुटीमण्डपमा ‘युथ सेलिब्रेशन’को आयोजना गरिएको हो।

युवाले भविष्य निर्माणको सङ्कल्प गर्ने दिनकोरूपमा बैशाख ११ गते भृकुटीमण्डमा ‘युथ सेलिब्रेशन’ समारोह आयोजना गरिएको एमालेले जनाएको छ।युवा उत्सवमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुनेछन्। कार्यक्रममा विभिन्न कलाकारहरूले सांगीतिक प्रस्तुतिसमेत दिनेछन्।

प्रतिक्रिया